पीपीएल क्रिकेटः भेट्ला विराटनगरले १ सय ९८ रनकाे विशाल लक्ष्य ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
पीपीएल क्रिकेटः भेट्ला विराटनगरले १ सय ९८ रनकाे विशाल लक्ष्य ?

सारांश

  • काठमाडौँ, ९ कात्तिक ।
  • पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको को पहिलो खेलमा पोखरा पल्टनले विराटनगर टाइटनसामु १ सय ९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
  • निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर १९७ रन बनाएपछि विराटनगरले १ सय ९८ रनको लक्ष्य पाएको हो ।

काठमाडौँ, ९ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको को पहिलो खेलमा पोखरा पल्टनले विराटनगर टाइटनसामु १ सय ९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर १९७ रन बनाएपछि विराटनगरले १ सय ९८ रनको लक्ष्य पाएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले आसिफ शेख र ओभरसिज खेलाडी रविन्द्र सिँहको उत्कृष्ट साझेदारीको मदतले १ सय ९७ रन बनाएको थियो । उनीहरुबीच ९४ रनको साझेदारी बनेकाे थियो ।
पोखराका लागि प्रारम्भिक खेलाडी आशिफ शेखले अर्धसतक पुरा गर्दै ५२ रन बनाए भने कुशल भुर्तेलले ३६ रन बनाएका थिए । त्यस्तै अर्का खेलाडी रवि इन्दर सिँहले ४ छक्का र २ चौकाको मदतले मात्र २७ बलमा ४३ रन र अन्त्यमा आएका विनोद भण्डारीले आक्रामक ब्याटिङ गर्दै मात्र ११ बलमा ४१ रन बनाएका थिए । उनले आफ्नो पारीमा ५ छक्का र २ चौका प्रहार गरेका थिए ।


विराटनगरका लागि सन्दिप लामिछानेले २ र सहाव आलमले १ विकेट लिनुबाहेक अन्यले कुनै विकेट लिन सकेनन् । प्रतियोगिताकाे पहिलो दिन शुक्रबार एकमात्र खेल रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?