राजपाको जनमत चुनावबाटै जोगिन्छ ः सचिव भट्टराई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १९, २०७४
|
|
३७ पटक हेरिएको
Shares
राजपाको जनमत चुनावबाटै जोगिन्छ ः सचिव भट्टराई

सारांश

  • जनकपुरधाम, १९ साउन ।
  • नेकपा (एमाले) का केन्द्रीय सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेपाली काँगे्रस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टीलाई एमालेविरुद्ध उपयोग गरिरहेको आरोप लगाउनुभएको छ ।
  • जनकपुरमा आज पत्रकार भेटमा उहाँले संविधान संशोधनका बारेमा बसेर कुरा गर्न एमाले तयार भए पनि राष्ट्रिय जनता पार्टी टाढा बस्नु चिन्ताको विषय हो भन्दै राजपाको जनमत चुनावबाट नै जोगिन सक्छ भन्नुभयो ।

जनकपुरधाम, १९ साउन । नेकपा (एमाले) का केन्द्रीय सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेपाली काँगे्रस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टीलाई एमालेविरुद्ध उपयोग गरिरहेको आरोप लगाउनुभएको छ ।

जनकपुरमा आज पत्रकार भेटमा उहाँले संविधान संशोधनका बारेमा बसेर कुरा गर्न एमाले तयार भए पनि राष्ट्रिय जनता पार्टी टाढा बस्नु चिन्ताको विषय हो भन्दै राजपाको जनमत चुनावबाट नै जोगिन सक्छ भन्नुभयो ।
एक प्रसंगमा उहाँले टोपी र धोतीको एकताबाट नेपाली राष्ट्रियता बनेको छ भन्नुभयो ।

भारतले कतिपय सवालमा हेप्ने प्रवृत्ति राखेको र सोबारेमा एमालेले ध्यानाकर्षण गराउँदा एमालेलाई भारत विरोधी भनी आरोपित गर्नु न्यायसंगत नभएको उहाँले धारणा राख्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?