मेलम्ची खानेपानी आयोजना फेरी पनि अन्योलमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
२३ पटक हेरिएको
Shares
मेलम्ची खानेपानी आयोजना फेरी पनि अन्योलमा

सारांश

  • मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीको अढाइ अर्ब रूपैयाँ धरौटी रोक्का राख्न बैंकमा पत्राचार गरिएको छ।
  • मेलम्ची खानेपानी विकास समितिले सोमबार सिएमसीको अढाइ अर्ब धरौटी रोक्का गर्न स्ट्यान्डर्ड चार्ट बैंकमा पत्राचार गरेको हो।
  • टाट पल्टिएको भनिएको उक्त कम्पनीका कर्मचारी मेलम्ची खानेपानीको काम अधुरो राखेर भाग्न खोजेपछि समितिले धरौटी रकम रोक्का राख्ने प्रक्रिया अघि बढाएको हो।

मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीको अढाइ अर्ब रूपैयाँ धरौटी रोक्का राख्न बैंकमा पत्राचार गरिएको छ।

मेलम्ची खानेपानी विकास समितिले सोमबार सिएमसीको अढाइ अर्ब धरौटी रोक्का गर्न स्ट्यान्डर्ड चार्ट बैंकमा पत्राचार गरेको हो।

टाट पल्टिएको भनिएको उक्त कम्पनीका कर्मचारी मेलम्ची खानेपानीको काम अधुरो राखेर भाग्न खोजेपछि समितिले धरौटी रकम रोक्का राख्ने प्रक्रिया अघि बढाएको हो।

सिएमसीका प्रोजेक्ट म्यानेजर क्रिस्चियानो ग्रेचोसहित आठ कर्मचारी भाग्ने क्रममा आइतबार राति समातिएका थिए।

उनीहरू समातिएसँगै विकास समिति र खानेपानी मन्त्रालयले उसको धरौटी रोक्का राख्न अग्रसरता देखाएका हुन्। विकास समितिले आधिकारिक रूपमा सिएमसीको धरौटी रोक्का राख्न थालिएको प्रक्रियाबारे बताएको भने छैन।

तर, प्रधानमन्त्री कार्यालयका सचिव दीपेन्द्रनाथ शर्माले तत्कालका लागि सिएमसीको धरौटी रकम रोक्का गरी कानुनी कारबाही प्रक्रिया थालिएको सेतोपाटीलाई जानकारी दिए।  टाट पल्टिएको कम्पनीमाथि यो कारबाही कानुनसम्मत हो या होइनबारे आफू यकिन हुन नसकेको उनले बताए।

‘धरौटी रकम रोक्का राख्ने प्रक्रिया जायज हुन्छ वा हुँदैन भन्नेबारे म कानुनी परामर्शमा छु,’ सचिव शर्माले भने, ‘यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय नियम कानुन के हुन्छ पूरै निर्क्यौल नभइकन म भन्न सक्दिनँ।’

सिएमसी कम्पनी आफैंले केही समयअघि टाट पल्टिएको सूचना सार्वजनिक गरेको जानकारीमा आएपछि त्यसबारे खोजीनीति थालिएको उनले बताए। शर्माका अनुसार इटालीस्थित अदालतले सिएमसीलाई साधारण प्रशासनिक काम मात्र गर्न आदेश दिएको जानकारीमा आएको छ।

शर्माले कम्पनी टाट पल्टिएको अवस्थामा त्यसका कर्मचारीलाई समात्नु पनि जायज हो होइनबारे पनि परामर्श गरिरहेको बताए। ‘काम सकिनैलाग्दा भाग्न खोजेको हुनाले त्यो कम्पनी टाट पल्टिएको हो भन्न कठिन भएन,’ शर्माले भने, ‘तर, अब चाल्नुपर्ने कानुनी कदम के हुनसक्छ हामी पनि अन्यौलमा छौं।’

उनका अनुसार केही समयअघि सिएमसीले एक अर्ब भुक्तानी आदेश मागेको थियो। तर, मेलम्ची विकास बोर्डले ३६ करोड रूपैयाँ भुक्तानी दिने निर्णय गरेको थियो।
कम रकम भुक्तानी आदेशपछि सो कम्पनीले ठेक्का सम्झौता रद्ध गर्न विकास समितिलाई पत्राचार गरेको थियो। ‘त्यहीँबाट ऊ भाग्नखोजेको शंका लागिरहेको थियो,’ सचिव शर्माले भने, ‘त्यसपछि मेलम्चीमा सिएमसीको कार्यमाथि निगरानी बढाइएको थियो।’ उनका अनुसार सिएमसीले आफ्ना कर्मचारी समातिएपछि सोमबार पनि ठेक्का सम्झौता रद्ध गर्न विकास समितिलाई पत्र लेखेको छ। विकास समितिले उक्त पत्र लिन मानेको थिएन।

सिएमसी इटालीको प्रसिद्ध निर्माण कम्पनी हो। सय वर्षभन्दा अगाडि स्थापित यो कम्पनीले मुख्यतः यातायात, खानेपानी तथा सिँचाइ, बन्दरगाह, रेल्वेजस्ता भौतिक पूर्वाधार र परियोजनाहरूमा काम गर्दै आएको छ।

सन् २०१७ मा यो कम्पनीको वार्षिक आय करिब १५ अर्ब डलर थियो। योमध्ये ७५ प्रतिशत आय कम्पनीले विदेशमा काम गरेर आर्जन गरेको थियो।

सिएमसीले नेपाललगायतअल्जेरिया, अंगोला, अर्जेन्टिना, साउदी अरेबिया, चीन, इजिप्ट, फिलिपिन्स, फ्रान्स, हङकङ, भारत, अमेरिका, सिंगापुर, दक्षिण अफ्रिका, स्विडेनलगायत दुई दर्जनभन्दा बढी देशमा काम गर्दै आएको छ।

सन् १९७५ देखि इटालीबाहेक विदेशी मुलुकहरूमा समेत यो कम्पनीले काम गर्दै आएको हो। यसमा ६ हजार ९ सय कामदार छन्। पछिल्लो एक वर्षदेखि कम्पनीमा नगद प्रवाहको समस्या देखिएको थियो।

करिब एक वर्षअघि सो कम्पनीले ५० करोड युरो बराबरको बोण्ड जारी गरेको थियो। अघिल्लो महिना मात्र सो कम्पनीले ती बोण्डबापतको पैसा तिर्न नसक्ने जनाएको थियो। एक महिनाअघि नै इटालियन सञ्चारमाध्यमहरूले ३० दिनभित्र आफ्नो नगद प्रवाहको समस्या सुल्झाउन नसके कम्पनी टाँट पल्टिनसक्ने जनाएका थिए।

सिएमसी भाग्न खोजेको यथार्थबीच अब मेलम्ची खानेपानीको थप काम कसरी अगाडि बढाउनेबारे पनि अन्यौल छाएको छ। मेलम्चीको अपुरो काम कसरी पूरा गर्नेबारे परामर्श भइरहेको सचिव शर्माले बताए।

ठेक्का सम्झौता रद्ध भए पनि कानुनतः नयाँ ठेक्का आह्वान गर्नुपर्ने हुन्छ। मेलम्चीको बाँकी काम पूरा गर्न नेपाली सेनालाई जिम्मा दिने मनस्थितिमा खानेपानी मन्त्रालय पुगेको स्रोतले दाबी गरेको छ। तथापि, यसबारे मन्त्रालय निष्कर्षमा पुगिसकेको छैन।

मेलम्चीको सुरूङ ढलान एक किलोमिटर बाँकी छ। कंक्रिट लाइनिङको काम ९६० मिटर बाँकी छ। इन्टेकको काम पनि पूरा भएको छैन। हाइड्रो मेकानिकल गेट बन्द गर्ने काम भइसकेको छैन।

यी सबै काम सम्पन्न गर्न झण्डै चैतसम्म लाग्ने खानेपानी मन्त्रालयका एक अधिकारीले बताए। मुख्य ठेकेदार नै भागेपछि अब मेलम्चीको योजना फेरि अनिश्चित भएको छ।

धेरै वर्षदेखि ढिला हुँदै आएको बहुचर्चित मेलम्ची खानेपानी आयोजनाले दसैंअघि नै काठमाडौंमा पानी झार्ने प्रतिवद्धता जनाएको थियो।

मेलम्ची खानेपानी आयोजना सन् २००१ बाटै सुरू भएको हो। सुरूमा यो आयोजना सन् २००७ मा सकिन्छ भनिएको थियो। सन् २००८ सम्ममा सुरूङ निर्माण क्षेत्रमा बाटो पुर्‍याइएको थियो। सन् २०१३ मा चिनियाँ कम्पनीले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको थियो।

चिनियाँ कम्पनीले समयमा काम गर्न नसकेको भन्दै सरकारले इटालियन कम्पनी सिएमसीलाई जिम्मा लगाएको थियो।

यता, सिएमसीले तनहुँ जलविद्युत आयोजनाको पनि ठेक्का लिएको थियो। सो ठेक्का उसले २० अर्ब ६४ करोड ५२ लाखमा पाएको छ। १४० मेगावाटको तनहुँ हाइड्रोपावर गत असोज १५ मा सिएमसीसँग सम्झौता भएको हो।

तनहुँ हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके र सिएमसीका तर्फबाट आधिकारिक प्रतिनिधि सालभाटोर कास्कियरले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। सिएमसी मेलम्चीबाट भागेसँगै तनहुँ जलविद्युत आयोजनाको सम्झौता के हुने भन्ने अन्यौल छँदैछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अरुण थापा स्मृति दिवसमा भूषण खरेल र चर्चित आयुष केसी सम्मानित
अरुण थापा स्मृति दिवसमा भूषण खरेल र चर्चित आयुष केसी सम्मानित
पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिपछि गण्डकीमा तरंग, सम्भव छ एमालेको सरकार ?
पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिपछि गण्डकीमा तरंग, सम्भव छ एमालेको सरकार ?
एसएसवीको गोली काण्डमा नेपालसँग माफी माग्दै क्षतीपुर्ति समेत दिनुपर्छ:ओली
एसएसवीको गोली काण्डमा नेपालसँग माफी माग्दै क्षतीपुर्ति समेत दिनुपर्छ:ओली
बाग्लुङ्मा भदाैरे जात्रा, संस्कृति बचाउँदै नेवार समुदाय !
बाग्लुङ्मा भदाैरे जात्रा, संस्कृति बचाउँदै नेवार समुदाय !
टिप्परले फेरि हान्यो काभ्रेमा मोटरसाइकल, एकजनाको मृत्यु
टिप्परले फेरि हान्यो काभ्रेमा मोटरसाइकल, एकजनाको मृत्यु
चीन भ्रमण सोचेभन्दा बढी सफल भयो : प्रधानमन्त्री दाहाल
चीन भ्रमण सोचेभन्दा बढी सफल भयो : प्रधानमन्त्री दाहाल
वेपत्ता प्रहरी जवान असई भन्दा पहिले मारिएको पुष्टि, नदीमा तैरिरहेको अवस्थामा भेटियो शव
वेपत्ता प्रहरी जवान असई भन्दा पहिले मारिएको पुष्टि, नदीमा तैरिरहेको अवस्थामा भेटियो शव
प्रिया प्रकाश वारियर को अर्को भिडियो भाइरल
प्रिया प्रकाश वारियर को अर्को भिडियो भाइरल
अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चांग समितिको निर्णय
अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चांग समितिको निर्णय
बीस आयोजनाका लागि एक्काइस करोड बजेट विनियोजन
बीस आयोजनाका लागि एक्काइस करोड बजेट विनियोजन

तपाईंले छुटाउनुभयो कि?