दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १२, २०८१
|
|
४४ पटक हेरिएको
Shares
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

सारांश

  • काठमाडौं।
  • साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज भएको छ ।
  • सो निवेदन सर्वोच्चका न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेशी परेको थियो ।

काठमाडौं। साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज भएको छ ।

सो निवेदन सर्वोच्चका न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेशी परेको थियो । सो रिट खारेज भएसँगै थुनामुक्त हुने प्रसाईंको प्रयसा असफल भएको छ । रिट खारेज गरेको सर्वोच्चले सरकारलाई प्रसाईंको स्वास्थ्य उपचारको व्यवस्था गर्न निदेशनात्मक आदेश गरेको छ ।

सर्वोच्चमा उनका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

आइतबार नै जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो। म्याद दिँदा प्रसाईं क्यान्सरको बिरामी रहेको भन्दै उपचारको प्रबन्ध मिलाउन पनि इजलासले आदेश दिएको थियो। सिआइबीले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेको थियो।

उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेका थिए ।

प्रसाईलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएकोमा फेरि ५ दिनको म्याद थपिएको छ । प्रसाईविरुद्ध यसअघि पनि साइबर अपराधमा मुद्दा दर्ता भएको थियो । उनी १ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए । उक्त मुद्दा हालपनि विचाराधीन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था खोलिँदैनः योगेशकुमार भट्टराई
अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था खोलिँदैनः योगेशकुमार भट्टराई
स्थानीय तहमा पदाधिकारी र कर्मचारीले गरे अर्बौ हिनामिना
स्थानीय तहमा पदाधिकारी र कर्मचारीले गरे अर्बौ हिनामिना
देउवासँग नमिलेको स्पष्टीकरण दिँदै पौडेल समूहले बोलायो भेला
देउवासँग नमिलेको स्पष्टीकरण दिँदै पौडेल समूहले बोलायो भेला
लोक सेवाले आह्वान गरेको कर्मचारी भर्नाको विज्ञापनप्रति राजपाको आपत्ति
लोक सेवाले आह्वान गरेको कर्मचारी भर्नाको विज्ञापनप्रति राजपाको आपत्ति
गुल्मीका बाह्र पालिकामा १६ करोड बढी बजेट कटौती
गुल्मीका बाह्र पालिकामा १६ करोड बढी बजेट कटौती
ओली चीन जाँदै, मिति तय गर्न दुवै देशका राजदुतलाई हम्मे हम्मे !
ओली चीन जाँदै, मिति तय गर्न दुवै देशका राजदुतलाई हम्मे हम्मे !
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन मुश्किल भएपछि नयाँ सहमतिको गृहकार्य
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन मुश्किल भएपछि नयाँ सहमतिको गृहकार्य
तस्बिरमा बालगोपालेश्वर भित्र दुई वर्षपछिको तिहार
तस्बिरमा बालगोपालेश्वर भित्र दुई वर्षपछिको तिहार
बिर्तामोडको जनजीवन सामान्य बन्दै, १२ बजेसम्मलाई कर्फ्यु हट्यो
बिर्तामोडको जनजीवन सामान्य बन्दै, १२ बजेसम्मलाई कर्फ्यु हट्यो
लिम्पियाधुरा समेटेर नक्सा बनाउने घोषणा
लिम्पियाधुरा समेटेर नक्सा बनाउने घोषणा

तपाईंले छुटाउनुभयो कि?