महिलाका लागि एनएमबि बैंकको विशेष योजना, ५ हजारसम्म ‘क्यासब्याक’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २, २०७९
|
|
२५ पटक हेरिएको
Shares
महिलाका लागि एनएमबि बैंकको विशेष योजना, ५ हजारसम्म ‘क्यासब्याक’

सारांश

  • काठमाडौ ।
  • एनएमबि बैंकले नेपाली महिला वर्गलाई लक्षित गरी आकर्षक बचत योजना “एनएमबि स्मार्ट नारी बचत खाता” प्रस्तुत गरेको छ ।
  • महिलाहरूलाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोवारमा सक्रिय बनाउन प्रयास स्वरुप यस योजना अन्तर्गत ग्राहकहरूले मेडिकल–स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक रु ५,००० सम्म क्यासब्याक पाउन सक्नेछन् ।

काठमाडौ । एनएमबि बैंकले नेपाली महिला वर्गलाई लक्षित गरी आकर्षक बचत योजना “एनएमबि स्मार्ट नारी बचत खाता” प्रस्तुत गरेको छ ।

महिलाहरूलाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोवारमा सक्रिय बनाउन प्रयास स्वरुप यस योजना अन्तर्गत ग्राहकहरूले मेडिकल–स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक रु ५,००० सम्म क्यासब्याक पाउन सक्नेछन् । त्यसैगरी ग्राहकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो शेयर, डिम्याट लगायतका सुविधाहरूको फाइदा लिन सक्नेछन् ।

यस योजना अन्तर्गत ग्राहकले रिटेल कर्जा र महिला उद्यमशील कर्जामा कर्जा प्रशाशनिक शुल्कमा ०।२५ प्रतिशत सम्म विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?