टिप्परले फेरि हान्यो काभ्रेमा मोटरसाइकल, एकजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०७५
|
|
४८ पटक हेरिएको
Shares
टिप्परले फेरि हान्यो काभ्रेमा मोटरसाइकल, एकजनाको मृत्यु

सारांश

  • काठमाडौं, ७ साउन ।
  • टिप्परले फेरि काभ्रेमा एक मोटरसाइकललाई ठक्कर दिएको छ ।
  • टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काठमाडौं, ७ साउन । टिप्परले फेरि काभ्रेमा एक मोटरसाइकललाई ठक्कर दिएको छ । टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बनेपा बजारको चार दोबाटो नजिकै बा २ ख ३९३४ नम्बरको टिप्परले ठक्कर दिँदा बा ८३ प ५०७७ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो । बनेपा प्रहरीले दिएको जानकारी अनुसार मोटरसाइकल चालकको सनाखत हुन सकेको छैन ।

मोटरसाइकल चालकको ज्यान गएपछि जम्मा भएको भीडले टिप्परमा आगजनी गरेको छ । टिप्परको ठक्करबाट ज्यान जाने क्रम बढेपछि सरकारले राजधानी उपत्यकामा दिउँसोको समयमा टिप्पर सञ्चालनमा रोक लगाएको छ ।

यही साउन १ गतेबाट काठमाडौँ, भक्तपुर र ललितपुरमा दिउँसोको समयमा टिप्पर चलाउन रोक लगाइएको थियो । उपत्यकामा दिउँसो टिप्पर चलाउन रोक लगाइए तापनि उपत्यका बाहिरको काभ्रेमा टिप्परले ज्यान लिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किच्च दात देखाकी यो नेपाल बन्द वाली…
किच्च दात देखाकी यो नेपाल बन्द वाली…
मिटरब्याजीलाई कारबाही र पीडितलाई न्याय दिन्छौँ : गृहमन्त्री श्रेष्ठ
मिटरब्याजीलाई कारबाही र पीडितलाई न्याय दिन्छौँ : गृहमन्त्री श्रेष्ठ
महिला कामदारका लागि खुला भयो जोर्डन
महिला कामदारका लागि खुला भयो जोर्डन
उत्तर प्रदेशका मुख्यमन्त्री योगी जन्ती लिएर जनकपुर आउने
उत्तर प्रदेशका मुख्यमन्त्री योगी जन्ती लिएर जनकपुर आउने
१२ जनामा डेङ्गु,डेङ्गुको सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह
१२ जनामा डेङ्गु,डेङ्गुको सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह
निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा कडाइ:सदरमुकाम जान छुट गाउ जान रोक
निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा कडाइ:सदरमुकाम जान छुट गाउ जान रोक
आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने राष्ट्र बैंकको दावी
आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने राष्ट्र बैंकको दावी
पुर्व उर्जा मन्त्रीकाे नारा पछाडि याे वाक्य थपे अहिलेका उर्जा मन्त्रीले !
कांग्रेस जिल्ला सभापतिहरूको भेला:  कांग्रेस अब कांग्रेस रहेन
कांग्रेस जिल्ला सभापतिहरूको भेला: कांग्रेस अब कांग्रेस रहेन
२ वटा कुकुर उपहार पाएका गृहमन्त्री थापा कति धनी छन् ?
२ वटा कुकुर उपहार पाएका गृहमन्त्री थापा कति धनी छन् ?