मेक्सिको सीमाबाट आधा अमेरिकी सैनिक फर्कीए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
६१ पटक हेरिएको
Shares
मेक्सिको सीमाबाट आधा अमेरिकी सैनिक फर्कीए

सारांश

  • काठमाडौँ,३ पुस ।
  • संयुक्तराज्य अमेरिकाले मेक्सिको सीमामा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरेको छ ।
  • अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको ठूलो जत्थालाई सीमामै रोक्ने उद्देश्यले यसअघि करिब ६ हजार सेना तैनाथ गरिएकामा त्यसमा कटौती गरी हाल करिब तीन हजारमा सीमित गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

काठमाडौँ,३ पुस । संयुक्तराज्य अमेरिकाले मेक्सिको सीमामा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरेको छ । अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको ठूलो जत्थालाई सीमामै रोक्ने उद्देश्यले यसअघि करिब ६ हजार सेना तैनाथ गरिएकामा त्यसमा कटौती गरी हाल करिब तीन हजारमा सीमित गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

मध्ये अमेरिकी देशहरु खासगरी होन्डुरसबाट ठूलो संख्यामा आप्रवासीहरु अमेरिका प्रवेशका लागि अघि बढेको भन्दै भन्सार तथा सीमा सुरक्षा बल सीबीपीको सहयोगका लागि थप सेना परिचालन गरिएको थियो ।

अमेरिकी रक्षा विभागका प्रवक्ता रोबर्ट म्यानिङले भने, “हाल सीमा क्षेत्रमा तैनाथ अमेरिकी सेनाको संख्या करिब तीन हजार मात्र छ । यी सेनामध्ये टेक्सास कोरिडोरमा एक हजार, एरिजोनामा नौ सय तथा क्यालिफोर्नियामा एक हजार २०० रहेका छन् ।”तथापी, सीबीपीको आवश्यकता बमोजिम रक्षा विभागले आवश्यक संख्यामा सैनिक पठाउने उनले बताए ।

यसै वर्षको नोभेम्बरमा सीमा करिब ६ हजार सेना परिचालन गरिएको थियो, तर पेन्टागनले कतिपय सीमा क्षेत्रमा सैनिकको बाक्लो उपस्थिति आवश्यक नरहेको मूल्याँकन गरेसँगै सैनिक कटौती गरिएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले शीर्षनेताहरु दुई नम्बर प्रदेशमा केन्द्रित (को-कहाँ ?)
एमाले शीर्षनेताहरु दुई नम्बर प्रदेशमा केन्द्रित (को-कहाँ ?)
शंकरदेव र नेपाल कमर्स क्याम्पस फाईनलमा
शंकरदेव र नेपाल कमर्स क्याम्पस फाईनलमा
४५ जिल्लामा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ; प्रहरी
४५ जिल्लामा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ; प्रहरी
प्रेमीसँग परमिताको ब्रेकअप, पीडा दिएको भन्दै लेखिन् यस्ताे
प्रेमीसँग परमिताको ब्रेकअप, पीडा दिएको भन्दै लेखिन् यस्ताे
Protected An Connection To Your Spouse
प्रधानमन्त्री ओली र देउवाबीच छलफल, संसदको नियमावलीमा सहमति गर्न आग्रह
प्रधानमन्त्री ओली र देउवाबीच छलफल, संसदको नियमावलीमा सहमति गर्न आग्रह
भारतीय गाडीसँग घुस लिँदै गरेका दुई सशस्त्र प्रहरी पक्राउ
भारतीय गाडीसँग घुस लिँदै गरेका दुई सशस्त्र प्रहरी पक्राउ
पुनरावेदन म्याद घट्दा सरकारी वकिललाई चार गुणा बढी काम
पुनरावेदन म्याद घट्दा सरकारी वकिललाई चार गुणा बढी काम
समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल
समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल
छुटे सञ्चारसचिव राउत, सर्वाेच्च आदलतले दियो यस्तो आदेश
छुटे सञ्चारसचिव राउत, सर्वाेच्च आदलतले दियो यस्तो आदेश