प्रेमीसँग परमिताको ब्रेकअप, पीडा दिएको भन्दै लेखिन् यस्ताे

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
प्रेमीसँग परमिताको ब्रेकअप, पीडा दिएको भन्दै लेखिन् यस्ताे

सारांश

  • काठमाडौँ,२४ कात्तिक।
  • केही समय अगाडि नायिका परमिता राज्यलक्ष्मी राणाले आफ्नो प्रेमी हिसी लोसांगसँग इन्गेजमेन्ट गरेको खबर सार्वजनिक भएको थियो।
  • खासमा हिसीले परमितालाई जन्मदिनमा औँठी लगाइदिएका थिए यसकारण धेरैले इन्गेजमेन्ट भनेर खबर सार्वजनिक गरे।

काठमाडौँ,२४ कात्तिक। केही समय अगाडि नायिका परमिता राज्यलक्ष्मी राणाले आफ्नो प्रेमी हिसी लोसांगसँग इन्गेजमेन्ट गरेको खबर सार्वजनिक भएको थियो। खासमा हिसीले परमितालाई जन्मदिनमा औँठी लगाइदिएका थिए यसकारण धेरैले इन्गेजमेन्ट भनेर खबर सार्वजनिक गरे। पछि विभिन्न मिडियासँग कुरा गर्दै नायिका राणाले उक्त औँठी जन्मदिनको उपहार मात्रै भएको स्पट पारेकी थिइन्।

केही समय अगाडि चलचित्र ‘चंगाचेट’को प्रमोसनमा परमिताले आफूले बिहे नगर्न पनि सक्ने खालको अभिव्यक्ति दिएकी थिइन् । तर, परमिताले बिहे नगर्न पनि सक्छु भन्नुको कारण बल्ल खुलेको छ । उनको प्रेमी लोसांगसँग ब्रेकअप भएको छ।  

उनले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन्-‘यो सबैका लागि हिसी तिमीलाई धन्यवाद छ । तिमीले मलाई पीडा सिकाएका छौ । म अहिले पहिलेको भन्दा झनै शक्तिशाली भएकी छु । म प्रेममा अन्धो भएकी रहेछु । तर, मैले अहिले बल्ल बुझे कि म यो भन्दा पनि निकै राम्रो कुरा प्राप्त गर्न योग्य छु । यो सबै पीडाका लागि तिमीलाई धन्यवाद ।’

पूरा जानकारी भिडियोमा।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?