मेलम्ची ठेकेदारको धरौटी जफतको निर्णय अदालतले रोक्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
मेलम्ची ठेकेदारको धरौटी जफतको निर्णय अदालतले रोक्यो

सारांश

  • काठमाडौं ।
  • उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने इटालियन ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको उल्लेख गर्दै धरौटी रकम जफत गर्ने सरकारको निर्णय रोक लगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
  • उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले आदेश जारी गरेको हो ।

काठमाडौं । उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने इटालियन ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको उल्लेख गर्दै धरौटी रकम जफत गर्ने सरकारको निर्णय रोक लगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले आदेश जारी गरेको हो ।

सिएमसीका तर्फबाट दायर भएको रिट निवेदनमा बिहिबार सुनुवाइ भएको थियो । सरकारको निर्णय आइतबारसम्मका लागि रोकेको हो । भोलि आइतबार अदालतले धरौटी जफत गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न भन्छ वा अर्को निर्णय गर्छ भन्ने हेर्न बाँकी छ ।

उच्च अदालतका रजिष्ट्रार बाबुराम दाहालका अनुसार आइतबार दुवै पक्षलाई छलफलका लागि बोलाइएको र धरौटी जफत गर्ने निर्णय आइतबारसम्म कार्यान्वयन गर्न रोक लगाइएको बताए ।

सिएमसीले मेलम्ची खानेपानी आयोजनालाई करीब दुई हप्ताअघि नै सम्झौता रद्द गर्ने सूचना दिएको थियो । गत आइतबार कम्पनीका कर्मचारीले भाग्ने तयारी गरेपछि सरकारले आठ जनाको राहदानी खोसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप क्रिकेटः अफगानिस्तान विरुद्ध भारतको सहज जित
विश्वकप क्रिकेटः अफगानिस्तान विरुद्ध भारतको सहज जित
ललितपुरमा कांग्रेस अगाडि, तीन महानगरमा एमालेको अग्रता
ललितपुरमा कांग्रेस अगाडि, तीन महानगरमा एमालेको अग्रता
(नेकपा)का जिल्ला अध्यक्ष र सचिव केन्द्रबाटै तोकिने, प्रदेश कमिटीमा गर्लफ्रेण्ड काण्डले तनाव
(नेकपा)का जिल्ला अध्यक्ष र सचिव केन्द्रबाटै तोकिने, प्रदेश कमिटीमा गर्लफ्रेण्ड काण्डले तनाव
रोटरी क्लवद्धारा विद्यार्थीहरुको लागी सामाग्रि वितरण
रोटरी क्लवद्धारा विद्यार्थीहरुको लागी सामाग्रि वितरण
रुसमाथि अमेरिकी नाकाबन्दीले नेपाली सेनालाई हेलिकोप्टर किन्न सकस
रुसमाथि अमेरिकी नाकाबन्दीले नेपाली सेनालाई हेलिकोप्टर किन्न सकस
लण्डनमा ब्रेक्जिट विरोधीद्वारा भव्य प्रदर्शन
लण्डनमा ब्रेक्जिट विरोधीद्वारा भव्य प्रदर्शन
भारतीय अभियुक्त छुटाउन  प्रहरी चौकीमा आक्रमण,२७ राउण्ड  गाेली चल्याे !
भारतीय अभियुक्त छुटाउन प्रहरी चौकीमा आक्रमण,२७ राउण्ड गाेली चल्याे !
७२ घण्टामा तयार भो भरतपुरमा कोरोना विशेष अस्पताल
७२ घण्टामा तयार भो भरतपुरमा कोरोना विशेष अस्पताल
आर्थिक क्षेत्रमा आएको उत्साहको सन्देश पाँच दलीय गठबन्धन अन्त्य हुनुपर्थ्यो भन्ने हो : महासचिव पोखरेल
आर्थिक क्षेत्रमा आएको उत्साहको सन्देश पाँच दलीय गठबन्धन अन्त्य हुनुपर्थ्यो भन्ने हो : महासचिव पोखरेल
नेपालटारमा सडक पार गर्ने क्रममा भेलले बगाएर एघार बर्षिया बालिका बिनिता फुँयालको मृत्यु
नेपालटारमा सडक पार गर्ने क्रममा भेलले बगाएर एघार बर्षिया बालिका बिनिता फुँयालको मृत्यु

तपाईंले छुटाउनुभयो कि?