सुर्खेत २ मा एमालेका नवराज रावत विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
सुर्खेत २ मा एमालेका नवराज रावत विजयी

सारांश

  • सुर्खेत, मंसिर २४ –सुर्खेतको क्षेत्र २ बाट प्रतिनिधिसभातर्फ नेकपा एमालेका नवराज रावत विजयी हुनु भएको छ ।
  • रावतले ३७ हजार ४ सय ४७ मत ल्याएर विजयी हुनुभएको हो ।
  • उहाँका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हृदयराम थानीले २८ हजार ६ सय ४६ मत ल्याउनु भएको छ ।

सुर्खेत, मंसिर २४ –सुर्खेतको क्षेत्र २ बाट प्रतिनिधिसभातर्फ नेकपा एमालेका नवराज रावत विजयी हुनु भएको छ । रावतले ३७ हजार ४ सय ४७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हृदयराम थानीले २८ हजार ६ सय ४६ मत ल्याउनु भएको छ ।

नेकपा एमाले सुर्खेतका पूर्व अध्यक्षसमेत रहेका रावतले प्रतिनिधिसभाको चुनावमा पहिलो पटक जित हासिल गर्नु भएको छ । यसअघि उहाँ २ पटक संविधान सभाको चुनावमा पराजित हुनु भएको थियो ।

२०२० सालको पुसमा अछामको मष्टवण्डलीमा जन्मेका रावतले २०३६ सालमा अनेरास्ववियूको साधारण सदस्य हुँदै राजनितिक यात्रा सुरु गनुभएको थियो । रावत २०५४ सालमा जिल्ला विकास समिति सुर्खेतको उपसभापति बन्नुभएको थियो ।

उहाँ २०६६ सालमा नेकपा एमाले सुर्खेतको जिल्ला अध्यक्ष हुनुभएको थियो । नवराज रावत अहिले नेकपा एमाले ६ नम्बर प्रदेशको सचिव समेत हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?