ड्युटीमा रहेकी प्रहरी सहायक निरीक्षकमाथि कसले गर्यो आक्रमण ?
सारांश
- काठमाडौं।
- गएको जेठ तीन गते चितवनको भरतपुरमा ड्युटीमा खटिएकी प्रहरी सहायक निरीक्षक कल्पना खड्कामाथि भएको आक्रमणप्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ।
- नेपाली काँग्रेस संसदीय दलले सोमबार एक विज्ञप्ति जारी गर्दै सो घटनाको घोर विरोध गरेको हो ।
काठमाडौं। गएको जेठ तीन गते चितवनको भरतपुरमा ड्युटीमा खटिएकी प्रहरी सहायक निरीक्षक कल्पना खड्कामाथि भएको आक्रमणप्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ। नेपाली काँग्रेस संसदीय दलले सोमबार एक विज्ञप्ति जारी गर्दै सो घटनाको घोर विरोध गरेको हो ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक वालकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अक्रमणकारीहरुलाई आवश्यक कानूनी कारवाही गर्न र पीडित सुरक्षाकर्मीलाई उपयुक्त उपचारको व्यवस्था गर्न सरकार समक्ष माग गर्दछ ।’
ड्युटीमा खटिएकी पीडित खड्कामाथि अज्ञात समूहले पेट्रोल छर्केर आगो लगाई दिएको थियो । उनको चिवनतस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको चिवतन प्रहरीले डिसी नेपाललाई जानकारी दिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया