चेल्सीका म्याटिच युनाइटेडमा आवद्द, उनलाई भित्र्याउन युनाइटेडले ४० मिलियन पाउण्ड खर्चियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १७, २०७४
|
|
२६ पटक हेरिएको
Shares
चेल्सीका म्याटिच युनाइटेडमा आवद्द, उनलाई भित्र्याउन युनाइटेडले ४० मिलियन पाउण्ड खर्चियो

सारांश

  • चेल्सीका मिडफिल्डर नेमान्जा म्याटिच म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् ।
  • सर्बियाको राष्ट्रिय टोलीका सदस्यसमेत रहेका म्याटिचलाई युनाइटेडले ३ वर्षको लागि क्लब भित्र्याएको हो ।
  •  युनाइटेड र म्याटिचबीच सोमबार राति अनुबन्धन पत्रमा हस्ताक्षर भएको थियो।

चेल्सीका मिडफिल्डर नेमान्जा म्याटिच म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् । सर्बियाको राष्ट्रिय टोलीका सदस्यसमेत रहेका म्याटिचलाई युनाइटेडले ३ वर्षको लागि क्लब भित्र्याएको हो । युनाइटेड र म्याटिचबीच सोमबार राति अनुबन्धन पत्रमा हस्ताक्षर भएको थियो। म्याटिचलाई क्लब भित्र्याउन युनाइटेडले ४० मिलियन पाउण्ड रकम खर्च गरेको हो।

युनाइटेडसँग अनुबन्धित भएपछि म्याटिचले युनाइटेडमा आबद्द हुन पाउँदा उत्साहित भएको प्रतिक्रिया दिए। ‘म युनाइटेडको आगामी सिजनलाई लिएर निकै उत्साहित छु।मोउरिन्हो जस्तो प्रशिक्षकसँग फेरि काम गर्न पाउनु मेरो लागि ठूलो अवसर हो, मैले यसलाई नकार्न सकिन,’ उनले भने।

चेल्सीका समर्थकहरुलाई धन्यवाद दिए। २८ वर्षीय म्याटिचले गत सिजन प्रिमियर लिगमा चेल्सीका लागि १ गोल गरेका थिए। उनले चेल्सीबाट ३५ खेल खेलेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?