पिनालेख पाटादेखि खप्तडछेडेदह जोड्ने सडक शिलान्यास

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ३, २०७५
|
|
२० पटक हेरिएको
Shares
पिनालेख पाटादेखि खप्तडछेडेदह जोड्ने सडक शिलान्यास

सारांश

  • मार्तडी, ३ चैत ।
  • बाजुराको बडीमालिका नगरपालिका–१ मा शनिबार मार्तडी–थामलेख सडकखण्डमा पर्ने बुढाखोला–पिनालेख पाटा हँुदै खप्तडछेडेदह गाउँपालिकामा जोड्ने गरी आठ किलोमिटर सडक शिलान्यास भएको छ ।
  • नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सडक निर्माण हुन लागेको वडाध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो ।

मार्तडी, ३ चैत । बाजुराको बडीमालिका नगरपालिका–१ मा शनिबार मार्तडी–थामलेख सडकखण्डमा पर्ने बुढाखोला–पिनालेख पाटा हँुदै खप्तडछेडेदह गाउँपालिकामा जोड्ने गरी आठ किलोमिटर सडक शिलान्यास भएको छ ।

नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सडक निर्माण हुन लागेको वडाध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । लामो समयदेखि राजनीतिक विवाद र पहिरोका कारण सडक निर्माण कार्य रोकिएको थियो । खप्तडछेडेदह गाउँपालिका जोड्न सडकदेखि निर्माण कार्य शुरु गरिएको सडक निर्माण उपभोक्ता समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रभते कार्कीले चैत मसान्तभित्र सम्पन्न गरिसक्ने लक्ष्य रहेको बताउनुभयो । सडक निर्माणका लागि नगरपालिकाले यस आर्थिक वर्षमा रु ५० लाख विनियोजन गरेको नगरपालिका उपप्रमुख कविता विष्टले जानकारी दिनुभयो ।

गाउँमा सडक पुग्ने भएपछि स्थानीयवासीमा खुशी छाएको छ । घण्टौँ हिँडेर सदरमुकाम जानुपर्ने बाध्यतासमेत हट्ने स्थानीय गङ्गा कार्कीले बताउनुभयो । उहाँले स्थानीय तहमा जनप्रतिनिधि आएपछि गाउँमै स्वास्थ्य संस्था, इन्टरनेट सेवा र सडक निर्माण कार्यमा तीव्रता आएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?