“सालको पात टपरी” गीत युटुबमा डेढ करोड हेरिएकोमा खुशियाली
सारांश
- काठमाडौं, १२ पुस ।
- लोक साङ्गीतिक क्षेत्रमा फेरि अर्को गीत “सालको पात टपरी” ले ईतिहास कायम गर्न सफल भएको छ ।
- लोक गीतलाई हेप्नु हुन्न, लोक गीतले पनि ईतिहास कायम गर्न सफल हुन्छ भन्ने उदाहरण पहिला उहीँ खोलीमा पानी र अहिले सालको पात टपरीले युटुबमा डेढ करोड भन्दा बढि हेरिएको हुनाले ईतिहास राख्न सफल भएको हो ।
काठमाडौं, १२ पुस । लोक साङ्गीतिक क्षेत्रमा फेरि अर्को गीत “सालको पात टपरी” ले ईतिहास कायम गर्न सफल भएको छ । लोक गीतलाई हेप्नु हुन्न, लोक गीतले पनि ईतिहास कायम गर्न सफल हुन्छ भन्ने उदाहरण पहिला उहीँ खोलीमा पानी र अहिले सालको पात टपरीले युटुबमा डेढ करोड भन्दा बढि हेरिएको हुनाले ईतिहास राख्न सफल भएको हो ।
युटुबमा डेढ करोड भन्दा बढि हेरिएको र वसन्त थापा युटुब च्यानल verify भएको उपलक्ष्यमा खुसियाली कार्यक्रम सम्पन्न भएको छ । अभ्यास डिजिटलको प्रबन्ध निर्देशक राधा मल्ल थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बरिस्ट गायक एबम निर्देशक नारायण रायमाझी रहेका थिए । यस गीत मार्फत आएको रकमबाट रास्ट्रीय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपालको भवन निर्माणका लागि रु ५० हजार हस्तान्तरण गरिएको थियो ।
लोकप्रिय गायक एबम चर्चित सङ्गीतकार नरहरी प्रेमिको संचालन रहेको कार्यक्रममा थुप्रै कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा पत्रकार र कलाकारहरुलाई सम्मान गरिएको थियो भने सालको पात टपरी गीत भित्रका टिमलाई रोयल्टी बितरण गर्नुका साथै सम्मान पनि गरिएको थियो । सोही गीतको हेर्नुस् भिडियो । भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नहोला ।
प्रतिक्रिया