अण्डरवेयरमा लगाएर सडकमा दौडिरहेका थिए बेहुला, पछाडिबाट कारले दियो ठक्कर
सारांश
- एजेन्सी।
- चीनको गुइजोउ राज्यमा मानिसहरु त्यतिबेला चकित परे जतिबेला अण्डरवेयर लगाएको एक व्यक्ति सडकमा दौडिरहेका थिए।
- अण्डरवेयर लगायका ती व्यक्ति अरु कोही नभएर बेहुला थिए, जो आफ्नो विवाह गर्न नपरोस भनेर भागिरहेका थिए।
एजेन्सी। चीनको गुइजोउ राज्यमा मानिसहरु त्यतिबेला चकित परे जतिबेला अण्डरवेयर लगाएको एक व्यक्ति सडकमा दौडिरहेका थिए। अण्डरवेयर लगायका ती व्यक्ति अरु कोही नभएर बेहुला थिए, जो आफ्नो विवाह गर्न नपरोस भनेर भागिरहेका थिए।
बेहुलाकालागि वैवाहिक कार्यक्रम निकै खतरनाक बन्यो, जब उनलाई एउटा कारले ठक्कर पनि दियो। यो विचित्रको समारोहमा बेहुलाकासाथीले बेहुलालाई गाली गर्दै पिटाइ पनि गर्छन्। साथीहरुबाट उम्किएर भाग्न सफल बेहुलालाई एउटा कारले ठक्कर दिन्छ। यो घटना चीनको गुइयाङ शहरको हो। जहाँ गुआङताओ (२४) नामका व्यक्तिको विवाहको तयारी हुँदै थियो। विवाह कर्मकै एउटा रीति अनुसार उनी हाइवेमा भागिरहेका थिए, त्यतिबेला एउटा कारले उनलाई ठक्कर दियो, अहिले उनी घाइते छन्।
उनको टाउकोमा गम्भीर चोट लागेको छ। यो घटना विचित्रको परम्परा निर्वाह गर्ने क्रममा भएको हो। यो परम्परा अनुसार बेहुलाकासाथीले बेहुमामाथि नराम्रो व्यवहार गर्छन्। साथीहरुले बेहुलाको कपडा फोहोर गर्ने र बेहुलालाई पिट्नेसमेत गर्छन्। गुआङताओको विवाहमा पनि यस्तै भयो। उनका साथीले पहिला त अण्डाले प्रहार गरेर उनको कपडा फोहोर बनाए त्यसपछि समाएर उनलाई पिट्न थाले। साथीको पिटाइबाट बच्न उनी दौडिएर हाइवेमा पुगे। त्यो बेला उनको शरीरमा मात्र अण्डरवेयर थियो। हाइवेमा दौडिरहेका बेला एउटा कारले उनलाई ठक्कर दियो। अहिले उनको अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया