असार १४ को निर्वाचनप्रति दृढ हुन आयोगको आग्रह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १, २०७४
|
|
२७ पटक हेरिएको
Shares
असार १४ को निर्वाचनप्रति दृढ हुन आयोगको आग्रह

सारांश

  • काठमाडौँ, १ असार ।
  • निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको असार १४ गते हुने निर्वाचनका लागि दृढ भएर अघि बढ्न सरकार र राजनीतिक दललाई सुझाव दिएको छ ।
  • प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुसँग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको छलफलमा निर्वाचन आयोगका पदाधिकारीले उक्त सुझाव दिनुभएको हो ।

काठमाडौँ, १ असार । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको असार १४ गते हुने निर्वाचनका लागि दृढ भएर अघि बढ्न सरकार र राजनीतिक दललाई सुझाव दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुसँग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको छलफलमा निर्वाचन आयोगका पदाधिकारीले उक्त सुझाव दिनुभएको हो ।

छलफलपछि प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोग यही असार १४ गते हुने निर्वाचनमा केन्द्रित भएर आफ्ना सबै काम अघि बढाइरहेकामा सरकारको तर्फबाट त्यसमा सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “आयोगले असार १४ गतेको निर्वाचनका लागि दृढ भएर अघि बढौँ भन्ने आग्रह गरेको छ ।”

सुकै निर्वाचन गर्दा पनि केही न केही अप्ठेरो हुन्छ भन्दै उहाँले गृहमन्त्रालयले निर्वाचनका लागि पूर्ण सुरक्षाको प्रत्याभूति दिएकाले निर्वाचनको बारेमा अब कुनै अन्योलमा नबस्न आग्रह गर्नुभयो ।

निर्वाचनको सन्दर्भमा सरकारका तर्फबाट उपलब्ध गराइएको साधन स्रोत र सुरक्षाको प्रत्याभूतिप्रति विश्वस्त भएर निर्वाचनको जिम्मेवारी पूरा गर्ने ऐक्यबद्धताका साथ भोलि हुने मनोनयन र १४ गतेको निर्वाचनका लागि हामी अघि बढिरहेका छौँ – प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो ।

आयोगको तर्फबाट सो अवसरमा निर्वाचनका लागि भएको सम्पूर्ण तयारीको बारेमा जानकारी गराएकामा आयोगका कामप्रति सरकार र सत्तासाझेदार दलको तर्फबाट धन्यवाद व्यक्त भएको थियो ।

छलफलमा नेपाली काँग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, नेताहरु विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, मातृका यादव तथा गृहमन्त्री जनार्दन शर्मा सहभागी हुनुहुन्थ्यो ।

सो अवसरमा आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वर पौडेल र सुधीर शाहका साथै आयोगका सचिव गोपीनाथ मैनाली सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइतवारदेखि नेपाली रेल नियमित चल्ने
आइतवारदेखि नेपाली रेल नियमित चल्ने
किन भेटेनन् माेदीले प्रचण्ड र देउवा लाई ?
हरिवनको मेयरमा माओवादीका बुडाथोकी र उपमेयरमा एमालेकी घलान विजयी
हरिवनको मेयरमा माओवादीका बुडाथोकी र उपमेयरमा एमालेकी घलान विजयी
अमेरिकी राष्ट्रपति, उपराष्ट्रपति सहभागी बैठकका एक सहभागीमा कोरोना संक्रमणको पुष्टि
अमेरिकी राष्ट्रपति, उपराष्ट्रपति सहभागी बैठकका एक सहभागीमा कोरोना संक्रमणको पुष्टि
प्रदेश १ को नाम कोशी राख्न ओलीको सुझाव
प्रदेश १ को नाम कोशी राख्न ओलीको सुझाव
कुवेतमा कामदारको अधिकार सम्बोधन गर्न नयाँ कानुन
कुवेतमा कामदारको अधिकार सम्बोधन गर्न नयाँ कानुन
प्रचण्डको निवास जाने बाटोमा बम फेला, नेपाली सेनाद्वारा डिस्पोज
प्रचण्डको निवास जाने बाटोमा बम फेला, नेपाली सेनाद्वारा डिस्पोज
डेंगु रोगबाट बच्न सूचना प्रवाहको उचित व्यवस्था गर्न सरकारलाई आग्रह
डेंगु रोगबाट बच्न सूचना प्रवाहको उचित व्यवस्था गर्न सरकारलाई आग्रह
एक लाख ७० हजारअवैध भारूसहित एक भारतीय नागरिक पक्राउ
एक लाख ७० हजारअवैध भारूसहित एक भारतीय नागरिक पक्राउ
कोरोना भाइरस छल्न थाइल्याण्डका राजा २० युवतीसहित जर्मनीको रिसोर्टमा
कोरोना भाइरस छल्न थाइल्याण्डका राजा २० युवतीसहित जर्मनीको रिसोर्टमा

तपाईंले छुटाउनुभयो कि?