आइतवारदेखि नेपाली रेल नियमित चल्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १९, २०७८
|
|
४६ पटक हेरिएको
Shares
आइतवारदेखि नेपाली रेल नियमित चल्ने

सारांश

  • लामो समयको प्रतीक्षापश्चात् धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म चल्ने रेल सेवाको उद्घाटन नेपाल र भारतका प्रधामन्त्रीले गरेका छन् ।
  • नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी नयाँ दिल्लीस्थित हैदरबाद हाउसबाट भर्चुअलमार्फत संयुक्तरुपमा रेल सेवाको उद्घाटन गरेपछि दिउँसो ३ बजेतिर रेल जनकपुर आइपुगेको हो ।
  • दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर रेल सेवा शुभारम्भ गरे ।

लामो समयको प्रतीक्षापश्चात् धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म चल्ने रेल सेवाको उद्घाटन नेपाल र भारतका प्रधामन्त्रीले गरेका छन् ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको राजधानी नयाँ दिल्लीस्थित हैदरबाद हाउसबाट भर्चुअलमार्फत संयुक्तरुपमा रेल सेवाको उद्घाटन गरेपछि दिउँसो ३ बजेतिर रेल जनकपुर आइपुगेको हो । दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर रेल सेवा शुभारम्भ गरे ।

प्रधानमन्त्रीद्वयले उद्घाटन गरेपछि रेल जयनगरबाट गुडेको थियो । जयनगरबाट कुर्थाका लागि खुलेको रेलमा सवार नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झासहितको टोलीलाई प्रत्येक स्टेशनमा दुवै देशको राष्ट्रिय झन्डा बोकेर उभिएका नेपाली विद्यार्थी तथा स्थानीयवासीले नागरिक अभिनन्दन गरेका थिए ।

रेल जनकपुरधामस्थित रेल्वे स्टेशन पुगेपछि महाप्रबन्धक झासहितको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई स्वागत गर्दै कुर्थासम्मको यात्रा गराए । रेल कुर्थासम्म पुगेर पुनः फर्केपछि जनकपुरधामस्थित रेल्वे स्टेशनमा उद्घाटन समारोह कार्यक्रमको आयोजना गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा भर्चुअल माध्यमबाट रेल्वे सेवाको उद्घाटन गरेसँगै आइतबारबाट नियमित रेल सेवा सञ्चालन हुनेछ । दैनिक दुई पटक जयनगर–कुर्था रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

दैनिक बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ । सो रेल बिहान १० बजे कुर्था स्टेशन पुग्नेछ । पौने ११ बजे जनकपुरधामको कुर्थाबाट जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने महाप्रबन्धक झाले बताए ।

जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउनेछ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिड आक्रमणमा परेकी वसन्तीको निःशुल्क उपचार गर्न मेयर दाहालकाे निर्देशन
एसिड आक्रमणमा परेकी वसन्तीको निःशुल्क उपचार गर्न मेयर दाहालकाे निर्देशन
समृद्धिको यात्रामा अवरोध गर्नेलाई परास्त गरेर अघि बढ्छौँ : प्रधानमन्त्री
समृद्धिको यात्रामा अवरोध गर्नेलाई परास्त गरेर अघि बढ्छौँ : प्रधानमन्त्री
प्रहरीलाई अपराधीसम्म पुग्ने बाटो देखाउँदै दुई कुकुर जमुना र गौरी
प्रहरीलाई अपराधीसम्म पुग्ने बाटो देखाउँदै दुई कुकुर जमुना र गौरी
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, कतारमा कोमामा रहेकालाई नेपाल फर्काउने विषयमा छलफल
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, कतारमा कोमामा रहेकालाई नेपाल फर्काउने विषयमा छलफल
तीस वर्षको अवधिमा पाँच किलोमिटर सडक निर्माण !
तीस वर्षको अवधिमा पाँच किलोमिटर सडक निर्माण !
कति प्यारो रहेछ केही कर्मचारीका लागि वन मन्त्रालय! सरुवा हुनै नपर्ने
कति प्यारो रहेछ केही कर्मचारीका लागि वन मन्त्रालय! सरुवा हुनै नपर्ने
बाँदर खानेकुरा खोज्न राजमार्गमा
बाँदर खानेकुरा खोज्न राजमार्गमा
चालु आर्थिक बर्षको डेढ महिनामै रसुवागढी नाकाबाट तीन सयबढी बिद्युतीय सवारी साधन भित्रिए
चालु आर्थिक बर्षको डेढ महिनामै रसुवागढी नाकाबाट तीन सयबढी बिद्युतीय सवारी साधन भित्रिए
राष्टपति भण्डारी अध्यादेश जारी गर्ने तयारीमा
राष्टपति भण्डारी अध्यादेश जारी गर्ने तयारीमा
प्रधानमन्त्रीको चीन भ्रमण मंसिर १७ देखि
प्रधानमन्त्रीको चीन भ्रमण मंसिर १७ देखि