आज ‘क्रिसमस डे’ मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
आज ‘क्रिसमस डे’ मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त

सारांश

  • काठमाडौं, १० पुस ।
  • इसाई धर्मावलम्बीहरुले विश्वभर आज क्रिसमस पर्व मनाउँदै छन् ।
  • नेपालमा पनि ईसाई धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम गरी यो पर्व मनाउने गर्छन् ।

काठमाडौं, १० पुस । इसाई धर्मावलम्बीहरुले विश्वभर आज क्रिसमस पर्व मनाउँदै छन् । नेपालमा पनि ईसाई धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम गरी यो पर्व मनाउने गर्छन् । प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन क्रिसमस डे मनाउने गरिन्छ ।

क्रिसमसको अवसरमा देशभरका चर्चमा प्रार्थना, नाचगान जस्ता कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गर्ने गरिन्छ । काठमाडौं उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुरलगायत स्थानमा ‘क्रिसमस ट्री’ बनाएर सजाइएको छ । नेपालमा क्रिश्चियन इतिहास ४ सय वर्ष भन्दा पुरानो रहेको राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरिन् । उनले नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त सुदृढ सामाजिक एकता कायम भएको बताइन् ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिसमस डे को अवसरमा शुभकामना सन्देश जारी गर्दै धर्म निरपेक्षता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार भएको बताए । प्रधानमन्त्री ओलीले पहिलादेखि नै बहुसंख्यक नेपालीले आस्था प्रकट गर्दै आएको सनातन धर्मको अतिरिक्त नेपालमा अन्य धर्म मान्ने मानिसहरुको स्वतन्त्रतासमेत सुनिश्चित गरिएको बताए ।

(pascuccirestaurant.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?