गैँडाछाप सिमेन्टको मूल्य घटेसँगै बिक्री बढ्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २८, २०७६
|
|
३९ पटक हेरिएको
Shares
गैँडाछाप सिमेन्टको मूल्य घटेसँगै बिक्री बढ्यो

सारांश

  • उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य घटाएसँगै गैँडाछाप सिमेन्टको बिक्री ह्वात्तै बढेको छ ।
  • प्रतिबोरा रु ८०३।
  • ४३ मा बिक्री हुने गरेको उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य पच्चीस रुपैयाँ घटाएर प्र्रतिबोरा रु ७७८।

उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य घटाएसँगै गैँडाछाप सिमेन्टको बिक्री ह्वात्तै बढेको छ । प्रतिबोरा रु ८०३।४३ मा बिक्री हुने गरेको उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य पच्चीस रुपैयाँ घटाएर प्र्रतिबोरा रु ७७८।४३ मा बिक्री गर्न थालेपछि गैँडाछाप सिमेन्टको बिक्री ह्वात्तै बढ्न पुगेको उदयपुर सिमेन्ट उद्योग प्रशासनले जनाएको छ ।

प्रतिदिन चार हजार बोरादेखि छ हजार बोरासम्म बिक्री हुने गैँडा छाप सिमेन्टको मूल्य केही दिनअघि घटाएसँगै अहिले प्रतिदिन १० हजार बोराभन्दा माथि बिक्री हुने गरेको उदयपुर सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताउनुभएको छ ।

देशमा अन्य सिमेन्टको पनि मूल्य घटेका कारण गैँडा छाप सिमेन्टको पनि मूल्य घटाइएको र मूल्य घटाए लगत्तै सिमेन्ट बिक्रीमा दोब्बरले वृद्धि भएको पनि उद्योग प्रशासनले बताएको छ । अहिले उदयपुर सिमेन्ट उद्योगबाट उत्पादन गरिएको गैँडाछाप सिमेन्टको बिक्रेता डिलर भएका प्रदेश नं १, प्रदेश २, प्रदेश ३ र प्रदेश नं ४ मा बिक्री भइरहेको पनि उद्योग प्रशासनले बताएको छ ।

दैनिक पूर्ण क्षमतामा ८०० मेट्रिकटन सिमेन्ट अर्थात् १६ हजार बोरा उत्पादन गर्दै आएको यस उद्योगमा अहिले पनि झण्डै एक लाख बोराभन्दा बढी सिमेन्ट स्टक रहेका छन् । सिमेन्टको उत्पादनमा तीव्रता आइरहेका बेला मूल्य घटाएसँगै बिक्रीमा पनि दोब्बरले वृद्धि भएको उद्योग प्रशासनले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लवले प्रचण्डलाई निसाना बनाउन खोजेकै हुन्?
विप्लवले प्रचण्डलाई निसाना बनाउन खोजेकै हुन्?
‘पठाओ’ले कानुनी मान्यता पाउने
‘पठाओ’ले कानुनी मान्यता पाउने
दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि आज बालगोपालेश्वर खुला
दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि आज बालगोपालेश्वर खुला
चीनको कोइला खानीमा दुर्घटना हुँदा १२ को मृत्यु १३ घाइते
चीनको कोइला खानीमा दुर्घटना हुँदा १२ को मृत्यु १३ घाइते
सुन धरौटी राखेर खनेको सडकमा गाडी गुड्यो
सुन धरौटी राखेर खनेको सडकमा गाडी गुड्यो
अस्ट्रेलियन सांसदले गरिन् बुद्ध र सगरमाथाको देश भ्रमण गर्न आग्रह
अस्ट्रेलियन सांसदले गरिन् बुद्ध र सगरमाथाको देश भ्रमण गर्न आग्रह
एनआईसी एशिया बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?
एनआईसी एशिया बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?
हटाउन खोज्ने आइजीलाई उल्टै ‘ख्याल गरिबक्सेला श्रीमान्, समय खराब छ’ भन्ने एसपी र  डिएसपी !
हटाउन खोज्ने आइजीलाई उल्टै ‘ख्याल गरिबक्सेला श्रीमान्, समय खराब छ’ भन्ने एसपी र डिएसपी !
माओवादी केन्द्रको केन्द्रीय समिति विघटन दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय
माओवादी केन्द्रको केन्द्रीय समिति विघटन दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?