आलुको बोरा भित्रबाट ठुलो परिणाममा बन्दुकको गोली
सारांश
- वीरगन्ज: पर्सामा प्रहरीले आलुको बोरा भित्रबाट ठुलो परिणाममा बन्दुकको गोली बरामद गरेको छ।
- गोली सहित दुइ जना मानिसलाइ पनि प्रहरीले पक्राउ गरेको छ।
- पर्साको मनवा र रंगपुर टाँडी बिचको सडकमा मंगलवार साँझ ना ४५ प ९११६ नम्बरको मोटरसाइलकमा सवार रहेका दुई जनाले बोकेको आलुको बोरा प्रहरीले चेकजाँच गर्दा बोरा भित्र १२ बोरको बन्दुकमा लाग्ने ५० थान गोली बरामद भएको हो।
वीरगन्ज: पर्सामा प्रहरीले आलुको बोरा भित्रबाट ठुलो परिणाममा बन्दुकको गोली बरामद गरेको छ। गोली सहित दुइ जना मानिसलाइ पनि प्रहरीले पक्राउ गरेको छ।
पर्साको मनवा र रंगपुर टाँडी बिचको सडकमा मंगलवार साँझ ना ४५ प ९११६ नम्बरको मोटरसाइलकमा सवार रहेका दुई जनाले बोकेको आलुको बोरा प्रहरीले चेकजाँच गर्दा बोरा भित्र १२ बोरको बन्दुकमा लाग्ने ५० थान गोली बरामद भएको हो।
बन्दुकको गोली सहित पर्साको साविकको गाविस बागवाना ७ मनवा टोल हाल पर्सा गढी गाँउपालिका वडा नम्बर १ का ५५ वर्षिय क्षेत्री चौधरी र त्यही ठाँउ घर भएका मोटरसाइकल चालक २१ वर्षिय रामकिसुन चौधरीलाइ पनि पक्राय गरिएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले बताउनु भयो।
दुवै जनालाइ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। मोटरसाइकलमा सवार दुबै जनाले शंकास्पद व्यवहार देखाएपछि प्रहरीले चेकजाँच गर्दा आलुको बोरा भित्र गोली बरामद भएको प्रहरी उपरीक्षक गिरीले बताउनुभयो।
प्रारम्भिक अनुसन्धानका क्रममा क्षेत्री र रामकिसुन गाँजा र काठ तस्करीमा संलग्न गिरोह रहेको र उनीहरुले गाँजा र काठ तस्करीमै प्रयोग गर्नका लागि भारतबाट गोली लिएर आएको तथ्य खुलेको प्रहरीको दावी छ। क्षेत्रीले यसअघि २०६७ साल असार ३ गते काठ तस्करीको क्रममा वनरक्षकलाइ कुटपिट गरी घाइते बनाएको पत्रकारसम्मेलनमा जानकारी दिइयो।
प्रतिक्रिया