विद्यालय निर्माणका लागि जापानी सहयोग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
४४ पटक हेरिएको
Shares
विद्यालय निर्माणका लागि जापानी सहयोग

सारांश

  • काठमाडौँँ, १३ पुस,धनुषा जिल्लाको नगराइन नगरपालिका–६ लग्मास्थित वासुदेव राष्ट्रिय प्राविको भवन निर्माणका लागि जापान सरकारले रु ९० लाख ५० हजार सहयोग उपलब्ध गराउने भएको छ ।
  • विद्यालयको भवन निर्माणका लागि रकम उपलब्ध गराउने सम्बन्धमा नेपालस्थित जापानी दूतावासमा बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगो र विकास फाउण्डेशनका अध्यक्ष श्यामसुन्दर चौधरीले हस्ताक्षर गर्नुभयो ।
  • जापान सरकारको जनस्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रमअन्तर्गत सो सहयोग गरिएको दूतावासले जनाएको छ ।

काठमाडौँँ, १३ पुस,धनुषा जिल्लाको नगराइन नगरपालिका–६ लग्मास्थित वासुदेव राष्ट्रिय प्राविको भवन निर्माणका लागि जापान सरकारले रु ९० लाख ५० हजार सहयोग उपलब्ध गराउने भएको छ ।

विद्यालयको भवन निर्माणका लागि रकम उपलब्ध गराउने सम्बन्धमा नेपालस्थित जापानी दूतावासमा बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगो र विकास फाउण्डेशनका अध्यक्ष श्यामसुन्दर चौधरीले हस्ताक्षर गर्नुभयो ।

जापान सरकारको जनस्तरीय आयोजना तथा मानवीय सुरक्षा अनुदान सहयोग कार्यक्रमअन्तर्गत सो सहयोग गरिएको दूतावासले जनाएको छ ।

हस्ताक्षर कार्यक्रममा सहभागी नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपालको शिक्षा, सडकलगायत विकास निर्माणका क्षेत्रमा जापान सरकारको सहयोगको प्रशंसा गर्दै यस्ता कामले नेपाल र जापानबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत साइगोले भवन निर्माणपछि गुणस्तरीय शिक्षामा मद्दत पुग्ने उल्लेख गर्नुभयो । चारसय पच्चिस विद्यार्थी अध्ययनरत सो विद्यालयमा एउटै कक्षामा १२० सम्म विद्यार्थी बसेर कष्टका साथ अध्ययन गर्दै आएकाले भवन निर्माणका लागि पहल गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्रोत नखुलेको १९ लाखसहित मोरङबाट एक जना पक्राउ
स्रोत नखुलेको १९ लाखसहित मोरङबाट एक जना पक्राउ
बालकृष्ण ढुङ्गेलपछि अर्का माओवादी कार्यकर्ता भगतमाथि कारवाही
बालकृष्ण ढुङ्गेलपछि अर्का माओवादी कार्यकर्ता भगतमाथि कारवाही
समृद्धि प्राप्तिका लागि तीनै तहको समन्वय : मुख्यमन्त्री गुरुङ
समृद्धि प्राप्तिका लागि तीनै तहको समन्वय : मुख्यमन्त्री गुरुङ
बर्षेनी अर्बोका महंगा गाडी किन्ने र अलिकतिमात्रै समस्या देखिएपनि यिनलाई मिल्काउने हावी, देश झनै गरिबितिर धकेलिदै
बर्षेनी अर्बोका महंगा गाडी किन्ने र अलिकतिमात्रै समस्या देखिएपनि यिनलाई मिल्काउने हावी, देश झनै गरिबितिर धकेलिदै
नेविसंघ सिटिईभिटि केन्द्रीय समन्वय समितिमा शाही निर्वाचित
नेविसंघ सिटिईभिटि केन्द्रीय समन्वय समितिमा शाही निर्वाचित
कसले गर्यो काँक्रेविहारमा तोडफोड ?
कसले गर्यो काँक्रेविहारमा तोडफोड ?
शानदार एक्सन र दमदार एनिमेसनले भरिएको प्रभासको ‘साहो’ टीजर रिलिज
शानदार एक्सन र दमदार एनिमेसनले भरिएको प्रभासको ‘साहो’ टीजर रिलिज
पर्समा यी चिज राखे कंगाल भइने सम्भावना !
पर्समा यी चिज राखे कंगाल भइने सम्भावना !
जंगे कानुन विस्थापित भएर महाजंगे ?
जंगे कानुन विस्थापित भएर महाजंगे ?
गृहमन्त्रीको निर्देशन नमानेपछि काठमाडौं झिकाइएका सिरहा र पर्साका एसपी फिर्ता
गृहमन्त्रीको निर्देशन नमानेपछि काठमाडौं झिकाइएका सिरहा र पर्साका एसपी फिर्ता