रामेछापमा करेन्ट लागेर आमा–छोराको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १५, २०७४
|
|
२६ पटक हेरिएको
Shares
रामेछापमा करेन्ट लागेर आमा–छोराको मृत्यु

सारांश

  • रामेछाप, असोज १५ – रामेछापको दोरम्बा गाउँपालिका–६ लखनपुरमा करेन्ट लागर आमा र छोराको ज्यान गएको छ ।
  • करेन्ट लागेर ७२ वर्षकी टीकादेवी गौतम र उहाँका छोरा ४२ वर्षका लालबहादुर गौतमको ज्यान गएको प्रहरीले जनाएको छ ।
  • घटनामा छिमेकी ५८ वर्षका लालबहादुर बस्नेत गम्भीर घाइते भएका छन् ।

रामेछाप, असोज १५ – रामेछापको दोरम्बा गाउँपालिका–६ लखनपुरमा करेन्ट लागर आमा र छोराको ज्यान गएको छ । करेन्ट लागेर ७२ वर्षकी टीकादेवी गौतम र उहाँका छोरा ४२ वर्षका लालबहादुर गौतमको ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनामा छिमेकी ५८ वर्षका लालबहादुर बस्नेत गम्भीर घाइते भएका छन् । आइतबार बिहान घरमा मोवाइल चार्ज गर्न लाग्दा विद्युत लाइनमा हाइभोल्जेट आएसँगै टीकामायालाई करेन्टले लागेको थियो । आमालाई करेन्टबाट छुटाउन गएका छोरा लालवहादुरलाई पनि करेन्टले लागेको हो ।

करेन्ट लागेर बेहोस भएका तीनैजनालाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको थियो । ग्राण्डी अस्पताल पुर्‍याउँदा डाक्टरले टीकामाया र उहाँका छोरा लालबहादुरलाई  मृत घोषित गरेको प्रहरीले जनाएको छ । अर्का घाइते लालबहादुर बस्नेतको भने ग्राण्डी अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?