उज्यालो नेपालका लोकप्रिय नेता जनार्दनले किन गरे मन्त्री बन्न अस्वीकार ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २, २०७४
|
|
३० पटक हेरिएको
Shares
उज्यालो नेपालका लोकप्रिय नेता जनार्दनले किन गरे मन्त्री बन्न अस्वीकार ?

सारांश

  • काठमाडौं, २ चैत ।
  • मुलुकलाई लोडसेडिङमुक्त बनाउने उज्यालो नेपालका चर्चित नेता जनार्दन शर्माले मन्त्री बन्न अस्वीकार गरेका छन् ।
  • नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको तर त्यसमा शर्माको नाम छैन ।

काठमाडौं, २ चैत । मुलुकलाई लोडसेडिङमुक्त बनाउने उज्यालो नेपालका चर्चित नेता जनार्दन शर्माले मन्त्री बन्न अस्वीकार गरेका छन् । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको तर त्यसमा शर्माको नाम छैन ।

नेता जनार्दन शर्माले ऊर्जा मन्त्रालय नपाए मन्त्री नबन्ने जानकारी पार्टीलाई गराएका थिए । त्यसपछि चन्द्रप्रकाश खनाल “बलदेव”लाई मन्त्री बनाइएको छ । जनार्दन शर्मा प्रभावकारी काम गर्नसक्ने नेता भएकाले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले पनि उनलाई मन्त्री बनाउने चाहना व्यक्त गर्दै आएको बताइएको छ । तर, कामै नहुने मन्त्रालय लिएर पद ओगट्न मात्रै आफू मन्त्री बनन्ने भन्दै शर्माले अस्वीकार गरेको बताइएको छ ।

जनयुद्धताका पनि निकै चर्चामा आएका जनार्दन शर्मा “प्रभाकर” ऊर्जामन्त्री भएका बेला लोडसेडिङको अन्धकारमा बसेर आजित भएका नेपालीलाई उज्यालो नेपाल दिएका थिए । तत्कालीन ऊर्जामन्त्री शर्मा र नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले जनतालाई उज्यालो नेपाल दिएपछि उनी निकै लोकप्रिय बनेका थिए । माओवादी केन्द्रका नेताहरुमध्ये उनी एक्सनमा गएर छिटै परिणाम हात पार्नसक्ने हक्की नेताका रुपमा चिनिन्छन् ।

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई बुझाएको मन्त्रीको सूचीमा उर्जा तथा जलस्रोत मन्त्री, गिरिराजमणि पोखरेल शिक्षामन्त्री, शक्ति बस्नेत वन मन्त्री र बीना मगर खानेपानी मन्त्रीको नाम रहेको छ । आज विस्तारित मन्त्रिमण्डलका मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएको छ ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Basnet TB

    Hjur matra Kati minister hune ho ra..?

    Comment Author

    Buddhipd Rai

    भ्रामक प्राविधिक कारणले:
    कुलमान घिसिङको काम
    जनार्दन शर्माको नाम
    पनि
    गोपाल पराजुलीका झैं SLC
    Passed student भनी
    जनताले भनी दिएकाले नै होला जनार्दन शर्माजीले मन्त्री बन्न इन्कार गरी दिएछन् हँ?

      Comment Author

      उज्जोल ओली

      दिमाक फुस्क्यो छ यस्को

    Comment Author

    Liladhar Pandey

    कुलमान ले काम गर्ने नाम यिनको? बिना प्रतिस्पर्धा कालो सुचिमा परेको चिनियाँ कम्पनी लाई बुढी गण्डकी जिम्मा लगाउने यिनै हुन् ।

    Comment Author

    Bhavishwor Pandey

    .responsibility linanasakane neta polticabata bidabhayahunx

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?