रातमा कुकुर रोए किन अशुभ हुन्छ ? यस्तो छ धार्मिक विश्वास

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १८, २०७५
|
|
४४ पटक हेरिएको
Shares
रातमा कुकुर रोए किन अशुभ हुन्छ ? यस्तो छ धार्मिक विश्वास

सारांश

  • हिन्दु धर्म र परम्परालाई मान्ने हो भने हाम्रा समाजमा रहेका कयौँ बस्तुहरु छन् जसले जीवन र मृत्युका संकेतहरु दिइनै रहेका हुन्छन् ।
  • परापूर्वक कालदेखि पुर्खाहरुले अनुभव गर्दै आएका कति घटनाहरुले ति मान्यताहरुलाई प्रमाणित समेत गरिदिएको छ ।
  • हाम्रो टोल छिमेकमा सजिलै भेटिने र घरमा पालिने कुकुर तथा बिरालो हामीमध्ये कतिपयलाई असाध्यै मन पर्छ भने कतिपयलाई देख्दैमा रिस उठ्छ ।

हिन्दु धर्म र परम्परालाई मान्ने हो भने हाम्रा समाजमा रहेका कयौँ बस्तुहरु छन् जसले जीवन र मृत्युका संकेतहरु दिइनै रहेका हुन्छन् । परापूर्वक कालदेखि पुर्खाहरुले अनुभव गर्दै आएका कति घटनाहरुले ति मान्यताहरुलाई प्रमाणित समेत गरिदिएको छ । हाम्रो टोल छिमेकमा सजिलै भेटिने र घरमा पालिने कुकुर तथा बिरालो हामीमध्ये कतिपयलाई असाध्यै मन पर्छ भने कतिपयलाई देख्दैमा रिस उठ्छ । अझ बिरालोले बाटो काट्दा अनि कुकुर रुदाँ हामीमध्यै धेरैले तिनिहरुलाई लखेट्ने गर्दछौ । यिनिहरु रोएमा तथा कराएमा आउदो दिनमा अशुभ घट्ना घट्ने भन्नेमा हामी विश्वास गर्ने गर्दछौँ ।

तर के तपाइलाई थाहा छ आखिर कुकुरहरु किन ठूला स्वरले भुक्ने तथा रुने गर्दछन् ? वास्तवमा कुकुर भुक्नु वा रुनु उनीहरु एक अर्कामा सन्देश आदानप्रदान गर्नु हो । आफ्नो पीडाको र दुखका कारण कुकुर प्राय रुने गर्दछन् । कुकुरहरु आउदो दिनको आपतविपत् तथा कष्टको सङ्केत मानिसलाई दिन रुने गर्दछन् । एक्लै रहन मन नगरेर कुकुरलाई मानिसको साथमा बस्न मनपर्छ । चाहे त्यो घरको होस वा भुस्याहा उसलाई घरमा होस् या बाटोमा एक्लै छोडिदिएमा ऊ एक्लै बसेको पीरले रुने कराउने गर्दछ । जब कुनै कुकुर आफ्नो साथीलाई आफू बसेको स्थानको सङ्केत दिन तथा खोज्न चाहेमा त्यो ठूलो स्वरले रुने तथा कराएर सन्देश छोड्ने गर्दछ र उसको साथीले पनि भुकेर तथा रोएर जवाफ दिने गर्दछ ।

इलाकामा हक जमाउन जुनसुकै कुकुरको पनि आफ्नो निश्चित क्षेत्र तथा इलाका हुने गर्दछ । यि कुकुरहरु आफ्नो इलाकाको रक्षा गरिरहेका हुन्छन् । तसर्थ कुकुरहरु पनि एउटा इलाकाको कुकुरलाई अर्को इलाकामा आउन नदिन तथा उसलाई चेतावनी दिन कुकुर ठुलो स्वरले रोएर तथा भुकेर आफ्नो साथीहरुलाई सन्देश प्रदान गर्ने गर्दछ । रिसको झोकमा कुकुरहरु ठूलो स्वरमा भुक्ने गर्दछन मूलत यिनीहरु धेरै रिसालु भएका कारण आफ्नो रिस कम गर्न ठुलो स्वरले भुक्ने तथा रुने गर्दछन् । आउँदो दिनमा हुने विपतिको सङ्केत दिन कुकुर, बिरालो एवम् जुनसुकै जनावर होस् यिनिहरुलाई ईश्वरले एक खास शक्ति दिएका हुन्छन् । जसले यि जनावरहरु आउने आपतविपत तथा सङ्कटको सङ्केत यिनिहरुले दिने गर्दछन् । यदि कुनै न कुनै जनावर चाहे त्यो कुकुर होस् या विरालो तिनिहरु विनाकारण कराएमा तथा रोएमा कुनै न कुनै सङ्कट आउन सक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अक्षय कुमार र रजनी कान्तको कडा टकराव, रोबट २ ‘टु पाेइन्ट अाे’ को टिजर सार्वजनिक  (भिडियो सहित)
अक्षय कुमार र रजनी कान्तको कडा टकराव, रोबट २ ‘टु पाेइन्ट अाे’ को टिजर सार्वजनिक (भिडियो सहित)
पूर्व सचिव कार्कीकी श्रीमतीको हत्या प्रयास, कामदार मृत फेला
पूर्व सचिव कार्कीकी श्रीमतीको हत्या प्रयास, कामदार मृत फेला
Mostbet официальный сайт Сайт конторы Мостбет ставки на спорт онлайн Мостбет букмекерская компания и казино, официальный сай
आज ७ सय ४३ संक्रमित थप, ९५२ डिस्चार्ज
एसिया कप छनोटः २ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालको खराब सुरुवात !
एसिया कप छनोटः २ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालको खराब सुरुवात !
कतारको श्रम कानूनमा सुधारः नेपालीसहित लाखौँ आप्रवासी कामदारले यस्ता लाभ पाउनेछन्
कतारको श्रम कानूनमा सुधारः नेपालीसहित लाखौँ आप्रवासी कामदारले यस्ता लाभ पाउनेछन्
उपल्लो डोल्पाको नाका चिसोका कारण खुल्न सकेन
उपल्लो डोल्पाको नाका चिसोका कारण खुल्न सकेन
प्रधानमन्त्रीविरुद्ध अपशब्द बोल्दै नाराबाजी गर्ने ३ जना कारागार चलान
प्रधानमन्त्रीविरुद्ध अपशब्द बोल्दै नाराबाजी गर्ने ३ जना कारागार चलान
पुस ३ गते बिहिबारको राशिफल यस्तो छ
पुस ३ गते बिहिबारको राशिफल यस्तो छ
मधेस प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउँछौँ : मुख्यमन्त्री यादव
मधेस प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउँछौँ : मुख्यमन्त्री यादव