सांसदहरुकै आक्रोशः स्थानीय सरकारको अधिकार कटौती गर्न खोजेको भन्दै सांसदहरुकै आपत्ति …

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २९, २०७४
|
|
५२ पटक हेरिएको
Shares
सांसदहरुकै  आक्रोशः  स्थानीय सरकारको अधिकार कटौती गर्न खोजेको भन्दै सांसदहरुकै आपत्ति …

सारांश

  • स्थानीय तह निर्वाचन पूर्व सबैजसो दलले आफ्नो घोषणापत्रमा ‘सिंहदरबारको अधिकार गाउँमा’ लाने उल्लेख गरेका थिए ।
  • नयाँ संविधानअनुकूल अधिकारसम्पन्न स्थानीय तहलाई व्यवस्थापन र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्थापिका–संसद्मा प्रस्तुत विभिन्न विधेयकले उल्टै ती तहको अधिकार सङ्कुचित बनाउने काम गरेको टिप्पणी तीनै दलका सांसदहरुले गएको छ ।
  • संसद्को आजको बैठकमा सैद्धान्तिक छलफल भई सर्वसम्मतिबाट स्वीकृत स्थानीय शासन विधेयक २०७३, अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक २०७४, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक २०७४ र कर्मचारी समायोजन विधेयक २०७४ ले स्थानीय सरकारको अधिकार कटौती गर्न खोजेको भन्दै सांसदहरुले आपत्ति जनाए ।

स्थानीय तह निर्वाचन पूर्व सबैजसो दलले आफ्नो घोषणापत्रमा ‘सिंहदरबारको अधिकार गाउँमा’ लाने उल्लेख गरेका थिए ।

नयाँ संविधानअनुकूल अधिकारसम्पन्न स्थानीय तहलाई व्यवस्थापन र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्थापिका–संसद्मा प्रस्तुत विभिन्न विधेयकले उल्टै ती तहको अधिकार सङ्कुचित बनाउने काम गरेको टिप्पणी तीनै दलका सांसदहरुले गएको छ ।

संसद्को आजको बैठकमा सैद्धान्तिक छलफल भई सर्वसम्मतिबाट स्वीकृत स्थानीय शासन विधेयक २०७३, अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक २०७४, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक २०७४ र कर्मचारी समायोजन विधेयक २०७४ ले स्थानीय सरकारको अधिकार कटौती गर्न खोजेको भन्दै सांसदहरुले आपत्ति जनाए । स्थानीय तहलाई प्रस्ताव गरिएको ४० प्रतिशतको आर्थिक अधिकार कर्मचारी र कार्यालय व्यवस्थापनमै खर्च हुने भएकाले विकासका कामलाई यसले प्रभावित पार्ने उनीहरुको मत थियो । यी विधेयकमा अब संसद्को सम्बन्धित समितिमा दफाबार छलफल हुनेछ ।

अधिकांश सांसदहरुले स्थानीय तहको निर्वाचन भइसकेपछि विधेयक ढिलो गरी ल्याइएको, स्थानीय तहको अधिकारलाई सङ्कुचित बनाउन खोजेको, पञ्चायती ढाँचाको विकेन्द्रकीकरण तथा कर्मचारीतन्त्र हाबी भएको, आदेशका भरमा स्थानीय तह सञ्चालन गर्न खोजिएको टिप्पणी गर्नुभयो । उनीहरुले विधेयकले स्थानीय सरकारलाई आत्मसात् नगरिएको गुनासो गरे ।

अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक– २०७४ लाई विचार गरियोस् भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाली काँग्रेसका भरतबहादुर खड्काले स्थानीय तहलाई सधैँ अनुदानमुखी नभई स्रोतसाधनको पहिचान गराएर आत्मनिर्भर बनाउनुपर्ने विचार व्यक्त गरे ।

नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले सरकारले ल्याएको विधेयक सङ्घीयता अनकूल नभएको र यसले स्थानीय तहलाई कमजोर बनाइएको बताए ।

नेकपा .माओवादी केन्द्र) का जनकराज जोशीले भने, ‘विधेयक हेर्दा सिंहदरबार गाउँ जाला जस्तो छैन ।’ उनले अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयकले राष्ट्रिय वित्त आयोगको कार्यक्षेत्रमा ‘कन्ट्राडिक्ट’ गर्ने पनि बताए ।

सांसदहरु रामवीर मानन्धर, मीना पुन, डिल्लीप्रसाद काफ्ले, महेन्द्र शाही, रामनारायण विडारी, विकास लम्साल, राजाराम स्याङ्तान, अनन्तप्रसाद पौडेल, नरसिंह चौधरी, रामेश्वर फुयाँल, हीतराज पाण्डे, रामहरि सुवेदी, गीता क्षेत्री, श्यामकुमार श्रेष्ठ (काभ्रे) रामचन्द्र पोखरेललगायतले ती छलफलमा भाग लिएको थियो ।

उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले स्थानीय शासन विधेयक २०७३ पारितपछि स्थानीय स्वायत्त शासन ऐन खारेज हुने र प्रदेशसभा नबनुन्जेलसम्म प्रदेशको अधिकार केन्द्रमा रहने व्यवस्था गरिएको बताए । उनले छलफलका आधारमा विधेयकलाई परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गए ।

अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक २०७४ र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४ माथि उठेका सवालमाथि जवाफ दिँदै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयक संसद्को भावना अनुकूल भएको, सङ्घ, प्रदेश र स्थानीय तहलाई भावनात्मक रुपमा जोड्न सफल हुने अपेक्षा व्यक्त गए । ‘कर्मचारी समायोजन विधेयक २०७४ लाई विचार गरियोस् भनी श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले सदनमा प्रस्तुत गरेको थियो

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थायी शान्ति र समृद्धिका लागि निर्वाचन महत्वपूर्ण
स्थायी शान्ति र समृद्धिका लागि निर्वाचन महत्वपूर्ण
विश्वकप फुटबल २०१८: यस्तो छ एउटै समयमा २–२ खेल खेलाउनुकाे रहस्य
विश्वकप फुटबल २०१८: यस्तो छ एउटै समयमा २–२ खेल खेलाउनुकाे रहस्य
नर्भिक  इन्टरनेशनल हस्पिटल र रोटरी इन्टरनेशनल डिष्ट्रिक्सबिच यस्ताे सहमति !
नर्भिक इन्टरनेशनल हस्पिटल र रोटरी इन्टरनेशनल डिष्ट्रिक्सबिच यस्ताे सहमति !
भाडा बढाउन सरकारलाई दवाव दिने यातायात व्यवसायीलाई के भन्नुहुन्छ ?
भाडा बढाउन सरकारलाई दवाव दिने यातायात व्यवसायीलाई के भन्नुहुन्छ ?
राजपा महासचिव मनिष सुमन प्रदेशसभामा निर्वाचित
राजपा महासचिव मनिष सुमन प्रदेशसभामा निर्वाचित
गगन थापा र रामशरण महतलाई बम हान्ने एकै व्यक्ति !
गगन थापा र रामशरण महतलाई बम हान्ने एकै व्यक्ति !
बसको ठक्करबाट बाफलमा विनोद गोलेको मृत्यु
बसको ठक्करबाट बाफलमा विनोद गोलेको मृत्यु
प्रधानमन्त्री देउवाद्वारा मतदान, बहुमतसहित जित शुनिश्चित भएकाे प्रतिक्रिया
प्रधानमन्त्री देउवाद्वारा मतदान, बहुमतसहित जित शुनिश्चित भएकाे प्रतिक्रिया
एमाले केन्द्रीय कमिटी बैठक काठमाडौँमा बस्ने
एमाले केन्द्रीय कमिटी बैठक काठमाडौँमा बस्ने
कप्तान पारस खड्काको विष्फोटक व्याटिङमा नेपालले मलेसियालाई हरायो
कप्तान पारस खड्काको विष्फोटक व्याटिङमा नेपालले मलेसियालाई हरायो