उम्मेदवार छनौट नभएपछि कांग्रेस कार्यकर्तामा अन्योल
सारांश
- ३० जेठ, विराटनगर ।
- नेपाली कांंग्रेसले दोस्रो चरणको स्थानीय तह चुनावका लागि विराटनगर महानगरपालिकामा उम्मेदवारको नाम टुंगो लगाउन नसकेपछि कार्यकर्ताहरु अन्योलमा परेका छन् ।
- चुनावको लागि उम्मेदवारको मनोनयनसंगै आवश्य प्रचारप्रचारका लागि घरदैलो अभियान सञ्चालनमा समेत अन्योल भएको कार्यकताृहरुले बताएका छन् ।
३० जेठ, विराटनगर । नेपाली कांंग्रेसले दोस्रो चरणको स्थानीय तह चुनावका लागि विराटनगर महानगरपालिकामा उम्मेदवारको नाम टुंगो लगाउन नसकेपछि कार्यकर्ताहरु अन्योलमा परेका छन् ।
चुनावको लागि उम्मेदवारको मनोनयनसंगै आवश्य प्रचारप्रचारका लागि घरदैलो अभियान सञ्चालनमा समेत अन्योल भएको कार्यकताृहरुले बताएका छन् ।
उम्मेदवार टुङ्गो लगाउने क्रम लम्बिदै जाँदा विनाउम्मेदवार घरदैलो अभियानमा जान समस्या हुने गरेको कार्यकर्ताहरुको गुनाशो छ ।
पार्टी केन्द्रीय कार्यालय नेपाली कांंग्रेस कार्यसम्पादन समितिको लामो समयदेखि उम्मेदवार टुङगो लगाउन छलफल चलाए पनि उम्मेदवार तय गर्न भने सकेको छैन ।
नेपाली काग्रेसका संसद एव जिल्ला अध्यक्ष डिकबहादुर लिम्बुले केही दिनदेखि विराटनगर महानगरपालिकको उम्मेदवारको नाम टुङयाउन छलफल जारी रहेपनि निर्णयमा पुग्न नसकिएको जानकारी दिए ।
विराटनगर महानगरपालिकको उम्मेदवारका आकाक्षी धेरै हुनु र गुटगत राजनीतिको हावी हुँदा उम्मेदवार छनौटमा कांग्रेस भित्र सकस भएको वुझिएको छ ।
विराटनगर प्रदेश नम्बर एकको एक मात्र महानगरपालिका भएकाले पनि मुख्य राजनीतिक दलले महानगरपालिकालाई आफनो प्रतिष्ठाको लडाईका रुपमा समेत जोडेर हेर्ने गरेका छन ।
मुख्य राजनीतिक दलहरु कांग्रेस बाहेका नेकपा एमाले र माओवादी केन्द्रले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार टुङगो लगाएर चुनाव प्रचारप्रचार अभियान संचालन गरिरहेका छन् ।
एमालेले दुई दिन अघि जिल्ला अध्यक्ष विनोद ढकाललाई मेयरको उम्मेदवार वनाउने निर्णय गरेको थियो भने माओवादी केन्द्रले भोगेन्द्र यादवलाई मेयरको उम्मेदवारको रुपमा अघि सारेको छ ।
विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवारको लागि कांग्रेसमा अहिले सांसद अमृत अर्याल, त्यसैगरी नगर सभापति भिम पराजुली केन्द्रीय सदस्य डा. डीला संग्राैलाको नाम चर्चामा छ । उनीहरु टिकट लभिङका लागि काठमाडौमा बस्दै आएका छन् ।
कांग्रेसका तर्फबाट मेयरको उम्मेदवार तीन जना मध्ये कस्ले टिकट पाउने भन्ने बारेमा धेरैले सांसद अमृत अर्यालले पाउने सक्ने अडकल गरेका छन ।
मोरङ क्षेत्र नम्वर ५ का संसद अमृत अर्यालले मेयर लगायत अन्य उम्मेदवार छनौट गर्ने कुरामा ढिलाई हुँदा पार्टीलाई धेरै नोक्सानी पुग्ने वताए । सांसद अर्यालले उम्मेदवार छनौटको कार्यलाई चाडो भन्दा चाडो हल गर्नु पर्ने वताए ।
प्रतिक्रिया