विश्व उपभोक्ता महासंघको अध्यक्षमा आजाद

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ९, २०७४
|
|
५८ पटक हेरिएको
Shares
विश्व उपभोक्ता महासंघको अध्यक्षमा आजाद

सारांश

  • दाङ, ९ माघ ।
  • विश्व उपभोक्ता महासंघ नेपालको अध्यक्षमा आजाद खड्का चयन भएका छन् ।
  • महासंघ नेपालको दाङ शाखाको भेलाले खड्कालाई अध्यक्षमा चयन गरेको हो ।

दाङ, ९ माघ । विश्व उपभोक्ता महासंघ नेपालको अध्यक्षमा आजाद खड्का चयन भएका छन् । महासंघ नेपालको दाङ शाखाको भेलाले खड्कालाई अध्यक्षमा चयन गरेको हो । महासंघका केन्द्रीय सदस्य समेत रहेका खड्कालाई घोराहीमा भएको भेलाले अध्यक्षमा चयन गरेको हो ।

भेलाले दाङका १० वटै स्थानीयतहबाट प्रतिनिधित्व हुने गरी १३ सदस्यी जिल्ला तदर्थ समितिमा गठन गरेको हो । उपभोक्ता महासंघ दाङ शाखाको उपाध्यक्षमा डा.लोकराज पराजुली, सचिवमा गोपाल भण्डारी, कोषाध्यक्षमा गंगा पाण्डे, सदस्यहरुमा जया चौधरी, ताराप्रसाद भुसाल, देव यादव, चम्पकराज कार्की, खिमबहादुर वली, नन्दकिशोर पुन, शान्ति चौधरी, पदम खड्का लगायतलाई कार्यसमितिमा चयन गरेको छ ।

भेलाले दाङ जिल्लाको १० वटै स्थानीय तहको भेलाका लागि संयोजक पनि तोकेको छ । जसअनुसार बबई गाउँपालिकामा पदम खड्का, शान्तिनगर गाउँपालिकामा गोपाल भण्डारी, दंगीशरण गाउँपालिकामा जया चौधरी, तुलसीपुर उपमहानगरपालिकामा खिमबहादुर वली, घोराही उपमहानगर पालिकामा डा.लोकराज पराजुली, लमही नगरपालिकामा गंगा पाण्डे, राप्ती गाउँपालिकामा चम्पकराज कार्की र गढवा गाउँपालिकामा देव यादवलाई संयोजक चयन गरिएको छ । राजपुर र बंगलाचुली गाउँपालिकाको संयोजकमा जिल्ला कार्यालयले मनोनयन गर्ने निर्णय भएको छ । तुलसीपुर उपमहानगरपालिकामा नन्दकिशोर पुन र घोराही उपमहानगरपालिकामा शान्ति चौधरीलाई सहसंयोजक चयन गरिएको छ ।

उपभोक्ता अधिकारको पक्षमा जनचेतना निर्माण तथा अनुगमनको लागि दवावमूलक कार्यक्रम गर्ने र उपभोग्य वस्तुको उचित मूल्य, स्तरीय वस्तु उपभोगका लागि बातावरण तयार गर्नु महासंघको उद्देश्य रहेको छ । यही माघ २० गतेभित्र सबै गाउँपालिकास्तरमा स्थानीय समिति चयन गरिसक्ने र न्युनतम ७ र अधिकतम ५१ सदस्यीय कार्यसमिति निर्माण गर्ने निर्णय भएको छ । प्रत्येक वडाको १ जना नछुट्ने गरी समिति गठन गरिने महासंघ दाङका अध्यक्ष आजाद खड्काले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लन्डनमा फेरि अर्काे ‘आतङ्ककारी’ हमला…
लन्डनमा फेरि अर्काे ‘आतङ्ककारी’ हमला…
सि जिनफिङ तीनवटा बोइङ लिएर आउँदै
सि जिनफिङ तीनवटा बोइङ लिएर आउँदै
अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?
अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?
भारतमा आजदेखि जी-२० शिखर सम्मेलन शुरु हुँदै, विश्वका नेता भारतमा
भारतमा आजदेखि जी-२० शिखर सम्मेलन शुरु हुँदै, विश्वका नेता भारतमा
काठमाडौंमा यो वर्षकै चिसो, वर्षा र हिमपातको सम्भावना
काठमाडौंमा यो वर्षकै चिसो, वर्षा र हिमपातको सम्भावना
कोरोनाभाइरसका कारण जलवायु सम्मेलन पर सर्‍यो
कोरोनाभाइरसका कारण जलवायु सम्मेलन पर सर्‍यो
नेपाल एयरलाइन्सले अहिलेसम्म तिर्‍याे ६ अर्ब ३२ करोड ऋण
विदेशी मुद्राको यस्तो छ विनिमयदर, कुन बढ्यो, कुन घट्यो ?
विदेशी मुद्राको यस्तो छ विनिमयदर, कुन बढ्यो, कुन घट्यो ?
सकियो नेकपा स्थायी समिति बैठक, बामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय
सकियो नेकपा स्थायी समिति बैठक, बामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय
दुई पुरुषबीचको यौनसम्बन्ध प्रहरीलाई टाउको दुखाई
दुई पुरुषबीचको यौनसम्बन्ध प्रहरीलाई टाउको दुखाई