एकसय ५० वर्षपछि भद्रकाली मन्दिर पुनःनिर्माण गरिँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७४
|
|
५० पटक हेरिएको
Shares
एकसय ५० वर्षपछि भद्रकाली मन्दिर पुनःनिर्माण गरिँदै

सारांश

  • पोखरा, १२ साउन ।
  • पोखराको प्रसिद्ध भद्रकाली मन्दिर १५० वर्षपछि पुनःनिर्माण हुने भएको छ ।
  • विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पका कारण क्षतिग्रस्त मन्दिर श्री गणेश तथा भद्रकाली मन्दिर सेवा समितिको सक्रियतामा पुनःनिर्माण गर्न लागिएको हो ।

पोखरा, १२ साउन । पोखराको प्रसिद्ध भद्रकाली मन्दिर १५० वर्षपछि पुनःनिर्माण हुने भएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पका कारण क्षतिग्रस्त मन्दिर श्री गणेश तथा भद्रकाली मन्दिर सेवा समितिको सक्रियतामा पुनःनिर्माण गर्न लागिएको हो ।

समितिका सचिव योगेन्द्रमान श्रेष्ठका अनुसार प्राविधिक जाँचका क्रममा भूकम्पले मन्दिरको जगैदेखि क्षति पु¥याएको पाइएको छ ।

“जगैदेखि भत्काएर पुनःनिर्माण गर्नुपर्ने भएकाले यसका लागि रु तीन करोड लाग्ने पूर्व अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो – “पूर्ववत् स्वरुपमा निर्माणका लागि पुरातत्व विभागबाट अनुमति प्राप्त भइसकेका कारण पुनःनिर्माणका लागि मन्दिरको नक्सा तयार गर्न लागेका छौँ ।”

आगामी दशैँअगावै मन्दिरको नक्सा तयार गरिने र त्यसपछि छ÷सात महिना अर्थव्यवस्थापन गरी निर्माण कार्यलाई अघि बढाइने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो ।

प्राचीन स्वरुप नबिग्रने किसिमले सिमेन्ट र छडको प्रयोगबिना बज्र प्रयोग गरी मन्दिरको निर्माण गरिने उहाँको भनाइ छ ।

भद्रकाली मन्दिरलाई प्राचीनकालदेखि पोखरा र यस आसपासका क्षेत्रमा मनोकांक्षा पूरा हने तीर्थस्थलका रुपमा लिइन्छ ।

रमणीय जंगलको बीचमा उच्च स्थानमा अवस्थित यो मन्दिरमा पुग्न फेदीबाट दुईवटा बाटो रहेकामा पूर्वी भागबाट २९२ वटा सिँढी उक्लनुपर्छ भने दक्षिण भागबाट २६५ सिँढी उक्लनुपर्छ ।

दैनिक भक्तजन आइरहने यो मन्दिरमा प्रत्येक वर्षको आश्विन शुक्ल पक्ष र चैत शुक्ल पक्षका साथै बालाचतुर्दशीमा विशेष मेला लाग्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

​महानगरपालिकाका कार्यकारी अधिकृत लोकमानको पक्षमा…
​महानगरपालिकाका कार्यकारी अधिकृत लोकमानको पक्षमा…
सभ्य र सुरक्षित समाज निर्माण सबैको दायित्व स् मुख्यमन्त्री राई
सभ्य र सुरक्षित समाज निर्माण सबैको दायित्व स् मुख्यमन्त्री राई
आगामी आवको बजेट : निर्यात प्रवद्र्धन र कृषिका कार्यक्रम सकारात्मक
आगामी आवको बजेट : निर्यात प्रवद्र्धन र कृषिका कार्यक्रम सकारात्मक
मधेस प्रदेश : एसइईको सम्पूर्ण तयारी पूरा
मधेस प्रदेश : एसइईको सम्पूर्ण तयारी पूरा
अष्ट्रेलियन वायुसेवा कम्पनीहरुले पनि गरे सामसुङ ग्यालेक्सी एस सेभेन प्रतिवन्ध
सिन्धुपाल्चोकका दुईवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको अग्रता
सिन्धुपाल्चोकका दुईवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको अग्रता
‘छमछमी’ मा पुष्प र एलिसाको जोडी (भिडियोसहित)
‘छमछमी’ मा पुष्प र एलिसाको जोडी (भिडियोसहित)
मोदी सरकारलाई अर्को ठुलो झटका !! भारतीयलाई पनि अमेरिका प्रवेशमा रोक…
मोदी सरकारलाई अर्को ठुलो झटका !! भारतीयलाई पनि अमेरिका प्रवेशमा रोक…
ईश्वर पोखरेल अध्यक्ष बन्न चाहेपछि प्रचण्ड झस्किए, पार्टी एकता धरापमा
ईश्वर पोखरेल अध्यक्ष बन्न चाहेपछि प्रचण्ड झस्किए, पार्टी एकता धरापमा
राजनीतिक स्वार्थ साध्ने गिरोहको उक्साहटमा हतियारको कुरा उछालिएको दावी
राजनीतिक स्वार्थ साध्ने गिरोहको उक्साहटमा हतियारको कुरा उछालिएको दावी