क्यास्पियन सागरः तेल र ग्यासको भण्डार

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
३० पटक हेरिएको
Shares
क्यास्पियन सागरः तेल र ग्यासको भण्डार

सारांश

  • आक्टु, कजाखस्तान, २७ साउन अजरबैजान, इरान, कजाखस्तान, रसिया र तुर्कमेनिस्तानका नेताहरु क्यास्पियन सागरका विषयमा लामो समयदेखि रहेको विवाद सुल्झाउने गरी तयार पारिएको एक सम्झौतामा हस्ताक्षर गर्न कजाखस्तानको तटीय सहर आक्टुमा भेला भएका छन् ।
  • सोभियत सङ्घ विघटन भएपछि सीमाको कानुनी वैधताका विषयमा दुई दशकभन्दा बढी समयदेखि रहेका पाँच विवाद यहाँ दिइएको छ ।
  • –विशाल भित्री सागर क्यास्पियन सागर विश्वमै जमिनले घेरेको सबैभन्दा ठूलो जलक्षेत्र हो ।

आक्टु, कजाखस्तान, २७ साउन अजरबैजान, इरान, कजाखस्तान, रसिया र तुर्कमेनिस्तानका नेताहरु क्यास्पियन सागरका विषयमा लामो समयदेखि रहेको विवाद सुल्झाउने गरी तयार पारिएको एक सम्झौतामा हस्ताक्षर गर्न कजाखस्तानको तटीय सहर आक्टुमा भेला भएका छन् ।सोभियत सङ्घ विघटन भएपछि सीमाको कानुनी वैधताका विषयमा दुई दशकभन्दा बढी समयदेखि रहेका पाँच विवाद यहाँ दिइएको छ ।

विशाल भित्री सागर
क्यास्पियन सागर विश्वमै जमिनले घेरेको सबैभन्दा ठूलो जलक्षेत्र हो । करिब ७०,००० क्युबिक किलोमिटर पानी रहेको यो क्यास्पियन सागर उत्तर तथा बाल्टिक सागरभन्दा दुई गुना ठूलो छ । यस क्षेत्रका मुलुकहरुबीच क्यास्पियन सागर हो वा सरोवर हो भन्नेमा लामो विवाद छ, जसका कारण कानुनी विवाद खडा हुने गरेको छ ।

यो सागरबाट कुनै पनि नदी सुरु हुँदैनन् र यसलाई जमिनले घेरेको छ । त्यहीकारण यो सरोवर वा तालको रुपमा रहेको मान्न सकिन्छ । नयाँ मस्यौदा सम्झौतामा यसलाई सागर नै भनी परिभाषित गरिएको छ र रसियाले आफूसँग विशेष कानुनी हैसियत रहेको भनिरहेको छ ।

–ऊर्जाको भण्डार
क्यास्पियन सागरमाथि सबैको आँखा गाडिनुको अर्को प्रमुख कारण यहाँ रहेको अथाह ऊर्जा हो ।अमेरिकी ऊर्जा सूचना प्रशासनको सन् २०१२ को पछिल्लो अनुमान अनुसार, यहाँ ४८ अर्ब ब्यारेल तेल र २९२ खर्ब क्युबिक फिट प्राकृतिक ग्यास छ । यो अथाह इन्धन क्यस्पियन सागर र त्यस वरपरको जमिनभित्र छ ।

क्यास्पियनको सबैभन्दा ठूलो तेल खानी, कजाखस्तानको काशागान,सँग १३ अर्ब ब्यारेल खनिज तेलको भण्डार छ । सन् २००० मा पत्ता लागेको यस भण्डारण यो देशकै आजसम्म पत्ता लागेको सबैभन्दा ठूलो तेल र ग्यास भण्डार हो ।पानीभित्रको सतहबाट इन्धन उत्खनन् गर्नु र त्यसलाई बजारसम्म पु¥याउनु त्यति सहज छैन, र काशागान परियोजनाले समयमै उत्खनन गर्न नसक्दा “भिल्लको देशमा मणी” झैं सावित भएको छ ।

–सर्वाधिक महङ्गा माछा
क्यास्पियन सागरमा विश्वमै सबैभन्दा महङ्गा र स्वादिला माछाको भण्डार नै छ । यी माछाका भूरा सागरको दक्षिणतर्फ पाइन्छन् । तर वातावरणविदहरुले यहाँ अत्यधिक माछा मार्ने गर्दा माछाको प्रजाति नै नष्ट हुने खतरा औंल्याउन थालेका छन् । अबको सम्झौताले यी माछाको संरक्षणमा ठोस काम हुने उनीहरुको भनाइ छ ।

गिनिज वल्र्ड रेकर्डका अनुसार, इरानतर्फ यी माछाको मूल्य प्रति किलो २५,००० अमेरिकी डलरसम्म हुने गरेको छ ।

–सागरको तटीय व्यवस्थापन
क्यास्पियन सागरको वरिपरिको अव्यवस्थित परिस्थितिले पर्यटकलाई सबै मुलुकले आकर्षित गर्न सकेका छैनन् । केबल तुर्कमेनिस्तान र अजरबैजानका स्थानीयले मात्र तटीय लाभ लिइरहेका छन् । यी दुई मुलुकले क्यास्पियन पर्यटनका लागि लगानी बढाएका छन्, र यो स्थानीय तहमा मात्र केन्द्रित छ ।

तथापि, पौडी खेल्न तटीय इलाकाहरु कतिसम्म सुरक्षित गर्न सकिएला रु सागरको वरिपरिका धेरै ठाउँ प्रदूषित छन् र औद्योगिक प्रदूषण पनि बढ्दो छ । हालैका वर्षहरुमा, अजरबैजान र रसियाको डागेस्तान क्षेत्रका अधिकारीहरुले कतिपय बिचहरु पौडी खेल्न असुरक्षित रहेको घोषणा गरेका छन् ।

–नारनियासँगको सम्पर्क
बेलायती लेखक सी।एस। लेविसले बालबालिकाका लागि लेखिएको लोकप्रिय पुस्तक “क्रोनिकल्स अफ नारनिया”मा नाविक राजकुमार क्यास्पियनलाई एक पात्रका रुपमा उभ्याएका छन्, तर यसको सम्बन्ध प्रामाणिक भने छैन । तर पुस्तकले यस क्षेत्रका धेरै भाषा र संस्कृतिलाई जोडेको पाइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?