आतङ्क मच्चाएर लुटपाट गर्नेसँग वार्ता हुँदैन : प्रधानमन्त्री ओली
सारांश
- काठमाडौँ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाबाट आतङ्क मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन्।
- प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको टोलीसँगको मंगलबारकाे भेटघाटमा उनले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको बताए।
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाबाट आतङ्क मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको टोलीसँगको मंगलबारकाे भेटघाटमा उनले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको बताए।
“कतिपयले वार्ता गर्नुपर्यो भन्छन् तर केका लागि वार्ता गर्ने? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन्? बम पड्काउने, आतङ्कित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन् ”, उनले भने, “जहाँजहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यहीँ बम हान्नेहरुसँग केको वार्ता ? उनीहरुलाई कानूनबमोजिम नियन्त्रणमा लिइन्छ।”
प्रधानमन्त्री ओलीले एउटा गिरोहले कम्युनिष्टका नाममा आतङ्कित पार्ने काम गरिरहेको उल्लेख गदै भने, “कम्युनिष्टले त युवालाई कर्मशील हुन, सही बाटोमा हिँडाउन र उत्पादनमा लाग्न सिकाउनुपर्ने हो, यहाँ त कम्युनिष्टको नाममा युवालाई लुट्न सिकाइरहेका छन्। यो हुन सक्ने कुरा होइन।”
यही फागुन २४ गते सङ्घका अध्यक्ष रोहन गुरुङका घरमा बम हानेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न उक्त टोली आएको थियो। उनले अध्यक्ष गुरुङका घरमा भएको विस्फोटप्रति दुःख व्यक्त गदै सो घटनाबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया