एमाले र माओवादीले पहिलोपटक कम्युनिष्ट पार्टीको स्थापना दिवस सँगै मनाउँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
एमाले र माओवादीले पहिलोपटक कम्युनिष्ट पार्टीको स्थापना दिवस सँगै मनाउँदै

सारांश

  • काठमाडौं, ९ वैशाख- नेकपा एमाले र माओवादी केन्द्रले पहिलो पटक कम्युनिष्ट पार्टीको स्थापना दिवस सँगै मनाउने भएका छन्।
  • आज बैशाख ९ मा संयुक्त कार्यक्रम मार्फत दुई पार्टीले स्थापना दिवस मनाउने बताएका छन् ।
  • आज मनाउने कम्युनिष्ट पार्टीको स्थापना दिवसमा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त सम्वोधन गर्नेछन्।

काठमाडौं, ९ वैशाख- नेकपा एमाले र माओवादी केन्द्रले पहिलो पटक कम्युनिष्ट पार्टीको स्थापना दिवस सँगै मनाउने भएका छन्।

आज बैशाख ९ मा संयुक्त कार्यक्रम मार्फत दुई पार्टीले स्थापना दिवस मनाउने बताएका छन् । आज मनाउने कम्युनिष्ट पार्टीको स्थापना दिवसमा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त सम्वोधन गर्नेछन्।

कम्युनिष्ट पार्टी स्थापनाका दिन दुई पार्टी एकता हुने चर्चा चलिरहेका बेला कार्यकर्ताहरुलाई आस्वस्त पार्न संयुक्त सभा गर्न लागेका हुन् । वैशाख ९ को दिनमा एकताको चर्चा चलेपनि आजका लागि एकता टरेको छ ।

पार्टी एकता संयोजन समितिको आयोजनामा हुन लागेको कार्यक्रम राष्ट्रिय सभागृहमा दिउसो १२ बजे कार्यक्रम आयोजना गरेको छ। २००६ साल वैशाख ९ मा पुष्पलाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए। यसअघि दुवै पार्टीले छुट्टाछुट्टै दिवस मनाउँदै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?