धनौजी र रामनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी
सारांश
- ५ असोज,काठमाडौं ।
- धनुषाको धनौजी गाउँपालिका र सर्लाहीको रामनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
- धनौजी गाउँपालिका अध्यक्षमा कांग्रेसका बद्रीनारायण सिंह २४२० मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा पनि कांग्रेसकै रामवतीदेवी मण्डल २३२७ ल्याएर विजयी भएकी छन् ।
५ असोज,काठमाडौं । धनुषाको धनौजी गाउँपालिका र सर्लाहीको रामनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
धनौजी गाउँपालिका अध्यक्षमा कांग्रेसका बद्रीनारायण सिंह २४२० मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा पनि कांग्रेसकै रामवतीदेवी मण्डल २३२७ ल्याएर विजयी भएकी छन् ।
उनीहरुका प्रतिद्वन्द्वी राजपाका जीवेन्द्र झाले १९३७ र निर्मला देवी मण्डलले १८४३ मत ल्याएका छन् ।
यस्तै सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षमा कृष्णप्रसाद बर्मा ३९८३ मत र उपाध्यक्षमा नितुदेवी यादव ३९५७ मत ल्याएर विजयी भएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया