एसिया कप क्रिकेटः भारत र पाकिस्तानकाे महाभिडन्त, कसले उचाल्ला उपाधि ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
३४ पटक हेरिएको
Shares
एसिया कप क्रिकेटः भारत र पाकिस्तानकाे महाभिडन्त, कसले उचाल्ला उपाधि ?

सारांश

  • काठमाडाैँ, ७ असाेज ।
  • एसिया कप क्रिकेट प्रतियाेगिताकाे फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्ने भएका छन् ।
  • शुक्रबार भएकाे सेमिफाइनल खेलमा क्रमश बंगलादेश र अफगानिस्तानलाई हराउँदै भारत र पाकिस्तानले फाइनल भेट पक्का गरेका थिए ।

काठमाडाैँ, ७ असाेज । एसिया कप क्रिकेट प्रतियाेगिताकाे फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्ने भएका छन् । शुक्रबार भएकाे सेमिफाइनल खेलमा क्रमश बंगलादेश र अफगानिस्तानलाई हराउँदै भारत र पाकिस्तानले फाइनल भेट पक्का गरेका थिए ।

पछिल्लाे पटक भारत र पाकिस्तान च्याम्पियनस ट्रफिकाे फाइनलमा उपाधिका लागि भिडेका थिए । जुन खेलमा भारत पाकिस्तानसँग पराजित हुँदै उपाधि पाकिस्तानले उचालेकाे थियाे । भने यसै एसिया कपकाे समूहचरणकाे खेलमा पाकिस्तान भारतसँग पराजित भएकाे थियाे। एउटै समूह बि बाट विजेता र उपविजेता भइ सेमिफाइनल खेलेका दुवैटिम फाइनलमा भिड्ने भएका हुन् ।

भारत एसिया कपकाे छ पटककाे विजेता हाे भने पाकिस्तानले दुई पटक मात्र एसिया कपकाे उपाधि जितेकाे छ । भारत एसिया कपकाे साविक विजेता हाे  भने पाकिस्तानले पछिल्लाे पटक सन २०१२ मा एसिया कपकाे उपाधि जितेकाे थियाे ।

भारत र पाकिस्तानबीचकाे खेलकाे इतिहास हेर्दा पाकिस्तान हावी देखिए पनि क्रिकेट इतिहास हेरेर खेलिने खेल हाेइन । भारत र पाकिस्तानबीच भएका १२६ खेलमा ७३ खे‍लमा पाकिस्तानले जितेकाे छ भने ५३ खेल मात्र भारतले अाफ्नाे नाम गराउन सफल भएकाे छ ।

भारत र पाकिस्तानबीचकाे क्रिकेट खेलकाे भारत र पाकिस्तानमा मात्र नभएर पुरै विश्वमा चर्चा हुने गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?