नेकपा सचिवालय बैठक पेरिसडाँडामा
सारांश
- काठमाडौं, ४ असोज ।
- सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पहिलोपटक पेरिसडाँडामा बसेको छ ।
- पार्टी एकतापछि पहिलोपटक सचिवालय बैठक सुरु भएको हो ।
काठमाडौं, ४ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पहिलोपटक पेरिसडाँडामा बसेको छ । पार्टी एकतापछि पहिलोपटक सचिवालय बैठक सुरु भएको हो । बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको हो । यसअघि नेकपाका महत्वपूर्ण बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएका थिए ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीपनि सहभागी छन् । दाहालको सचिवालयले जनाएअनुसार बैठक कक्षमा भौतिक दूरी कायम गरेर नेताहरुको आसनको व्यवस्था गरिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया