ट्रिपर र मोटरसाइकल ठोक्किँदा गोरखा फुजेलका सन्तोष श्रेष्ठको टाउकोको गिधि नै उछिट्टियो

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
२४ पटक हेरिएको
Shares
ट्रिपर र मोटरसाइकल ठोक्किँदा गोरखा फुजेलका सन्तोष श्रेष्ठको टाउकोको गिधि नै उछिट्टियो

सारांश

  • काठमाडौँ ।
  • दुर्घटना भनेको कसैले जानेर गर्ने होइन् ।
  • तर, कहिँकतै यस्ता घटना सुनिन्छन्, देखिन्छन् घाइते भएर भुँइमा लडेकालाई ठूला–ठूला सवारी साधनले जानी–जानी किचेर ज्यान लिन्छ ।

काठमाडौँ । दुर्घटना भनेको कसैले जानेर गर्ने होइन् । तर, कहिँकतै यस्ता घटना सुनिन्छन्, देखिन्छन् घाइते भएर भुँइमा लडेकालाई ठूला–ठूला सवारी साधनले जानी–जानी किचेर ज्यान लिन्छ ।

नेपालको सन्दर्भमा भन्नुपर्दा वर्षमा कयौं मानिसहरु विभिन्न दुर्घटनाको सिकार बन्ने गरेका छन् । यसको कारण हो, पक्की र फराकिलो सडक नहुनु ।

यस्तै काठमाडौँ महानगरपालिका–३, चक्रपथको सुकेधारामा आज बिहान १० बजे ट्रिपर र मोटरसाइकल ठोक्किँदा घटनास्थलमै १ जनाको ज्यान गयो भने एक जना घाइते भए ।

ज्यान जानेमा गोरखा जिल्ला गण्डकी गाउँपालिका–३ घर भई बालाजु बस्दै आएका २२ वर्षीय सन्तोष श्रेष्ठ रहेका छन् । त्यस्तै घाइते हुनेमा निरज राउत रहेका छन् ।

यस मृत्युको कारण हो, एकै दिशाबाट अत्याधिक गतिमा नारायणगोपाल चोकतर्फ जाँदै गरेको बा४ख ६२७० नम्बरको ट्रिपर र बा३४प ४२८१ नम्बरको रातो पल्सर एक आपसमा ठोक्किन पुग्नु ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्र सिंह थापाका अनुसार घाइते निरज राउतको टिचिङ अस्पतालमा उपचार भइरहेको र ट्रिपर चालकलाई नियन्त्रणमा लिइएको छ ।

कसरी भयो घटना ?
नारायणगोपाल चोकतर्फ ट्रिपर अत्याधिक गतिमा जाँदै थियो । साथै सोहि दिशा तर्फ मोटरसाइकल पनि अत्यधिक गतीमा हुँइकिँदै थियो । दुवै सवारीको अत्याधिक गती भएपछि मोटरसाइकल ट्रिपरको बाँयापट्टी ठोक्किन पुग्यो ।

मोटरसाइकल चालकको टाउको ट्रिपरको बाँया पट्टीको भागमा नराम्रोसँग ठोक्कियो र हेल्मेट पनि फुटेर टाउँको समेत फुट्न पुग्यो । पछाडि सवारलाई पनि गम्भिर चोट लाग्न पुग्यो ।

चालक श्रेष्ठको टाउकोबाट गिदी समेत बाहिर निस्किएको र सडक रगाताम्य भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलको पछाडिको भाग केही पनि छैन् ।

घटना लगत्तै ट्रिपर चालक भाग्न खोजेका थिए । सोहि बेला स्थानिय र प्रहरीको सहायतामा ट्रिपर चालक पक्राउ परे भने घाइतेलाई तुरुन्तै टिचिङ अस्पताल पु¥याइयो । चालक श्रेष्ठको भने घटनास्थलमै ज्यान गयो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Nirmala Bhatta

    Rip

    Comment Author

    Sudip Adhikari

    Rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?