‘कनेक्ट टू नेपाल’ ले ल्यायो घरमै बसीबसी बिल तिर्ने सुविधा

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १८, २०७४
|
|
२८ पटक हेरिएको
Shares
‘कनेक्ट टू नेपाल’ ले ल्यायो घरमै बसीबसी बिल तिर्ने सुविधा

सारांश

  • काठमाडौँ — नेपालबाट अमेरिका पुगी कम्यूटर प्रविधि पढेका तीन युवाले बनाएको ‘कनेक्ट टू नेपाल’ ले घरमै बसीबसी बिल तिर्नसक्ने गरी सुविधा ल्याएको छ ।
  • अमेरिका पढ्न गएका राजिव श्रेष्ठ, गोपाल सापकोटा, प्रलयराज भण्डारीले यो सुविधाको एप ल्याएका हुन ।
  • दुई बर्ष अघिदेखि सेवा सुचारु गरिएपनि सुरुमा मोवाइलमा पैसा ट्रान्सफर गर्ने काममा मात्र एपको प्रयोग गरिएको थियो ।

काठमाडौँ — नेपालबाट अमेरिका पुगी कम्यूटर प्रविधि पढेका तीन युवाले बनाएको ‘कनेक्ट टू नेपाल’ ले घरमै बसीबसी बिल तिर्नसक्ने गरी सुविधा ल्याएको छ ।

अमेरिका पढ्न गएका राजिव श्रेष्ठ, गोपाल सापकोटा, प्रलयराज भण्डारीले यो सुविधाको एप ल्याएका हुन । दुई बर्ष अघिदेखि सेवा सुचारु गरिएपनि सुरुमा मोवाइलमा पैसा ट्रान्सफर गर्ने काममा मात्र एपको प्रयोग गरिएको थियो ।

अब ‘कनेक्ट टू नेपाल’ नामक एपबाट घरबाटै विजुलीको बिल तिर्न, इन्टरनेट र स्मार्ट सेल सेवा लिन सकिने बनाइएको छ । पछिल्लो समयमा तीन वटा नयाँ सेवा थप गरेको हो । यो एप आइफोन र एन्ड्रोइड मोबाइलमा डाउनलोड गरी सुविधा लिन सकिनेछ । यदि पहिले नै एप डाउनलोड गर्नुभएको छ भने पुनः गर्नुपर्ने हुन्छ ।

नेपालका डेबिट कार्ड सुरक्षित मानिएका हिमालयन बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल इनभेष्टमेन्ट बैंक, लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंकको कार्ड मार्फत मात्र चलाउन पाइनेछ । कार्ड होल्डरले बैंकमा बिल पेमेन्टको सेवालाई सुचारु गराउनु पर्नेछ ।

इन्टरनेटको माध्यमबाट गरिने भएकाले सबै बैंकहरुले यो सुविधालाई सहज बनाएका प्रविधिलाई व्यापक बनाउन सकिने उनीहरुले बताएका छन् । अहिले नेपाल लगायत विश्वका दश भन्दा बढी देशले यो एपको प्रयोग गर्ने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?