हुलाकी सडकमा पर्ने तीन पुलको निर्माण सकियो, पाँच अन्तिम चरणमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ४, २०७९
|
|
१४ पटक हेरिएको
Shares
हुलाकी सडकमा पर्ने तीन पुलको निर्माण सकियो, पाँच अन्तिम चरणमा

सारांश

  • झापा ।
  • पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा निर्माण गरिएको हुलाकी राजमार्गमा पर्ने आठ पुलमध्ये हालसम्म तीनको मात्र निर्माण काम सम्पन्न भएको छ ।
  • बाँकी निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

झापा । पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा निर्माण गरिएको हुलाकी राजमार्गमा पर्ने आठ पुलमध्ये हालसम्म तीनको मात्र निर्माण काम सम्पन्न भएको छ । बाँकी निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ ठूलासाना नदीमा पुल निर्माणाधीन छन् । तीमध्ये कमल, किस्ने र मेचीपुलको निर्माणको काम सम्पन्न भइसकेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इञ्जिनीयर प्रमोद खतिवडाले जानकारी दिए ।

उनले झापा खण्डमा पर्ने हुलाकी सडकको निर्माण सम्पन्न भए पनि पुलको निर्माण समयमै हुन नसक्दा सडक सञ्चालनमा आउन नसकेको बताए । उनले बन्दै गरेका अधिकांश पुलको ६० देखि ९६ प्रतिशत भौतिक प्रगति भइसकेको बताए ।

उनका अनुसार विसं २०६८ देखि २०७६ सम्ममा ठेक्का लागेका सबै पुलको निर्माणको काम आगामी २०८० साल असार मसान्तभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । हुलाकी सडकमा पर्ने विरिङ पुल विसं २०६८ मा लामा मैनाचुली जेभीले ठेक्का लिएर काम सुरु गरेको थियो ।

ठेकेदारको लापरवाही, कोराना महामारी र मुलुकमा राजनीतिक अस्थिरताका कारण सो पुल निर्माणमा ढिलाइ भएको थियो । पटकपटक म्याद थप गरी हाल सो पुलको भौतिक प्रगति ८० प्रतिशत भइसकेको उनको भनाइ छ । उनले तीव्ररुपमा निर्माण भइरहेको विरिङ पुलको तीन महिनाभित्रमा निर्माण सकिने बताए ।

हुलाकी सडकमा पर्ने भुतेनी खोलाको भौतिक प्रगति ८८ प्रतिशत लेहराको ६८ प्रतिशत, सानोमाईको ९० प्रतिशत भइसकेको उनले जानकारी दिए । यसैगरी लामो समय अलपत्र परेको झापा–मोरङ जोड्ने रतुवा खोलाको पुल निर्माणसमेत सुरु भइसकेको छ ।

भद्रपुरको मेची पुलदेखि मोरङको सिमानामा रहेको रतुवा खोलासम्मको करिब ४८ किलोमिटर कालोपत्रसहितको सडक निर्माण सकिएको इञ्जिनीयर खतिवडालेले बताए । सडक दुई लेनको बनेको छ । उनले बस्ती नभएको स्थानमा सात मिटर चौडाइ भएको र बाक्लो बस्ती भएको बजार क्षेत्रमा दुवै सडकको किनारमा नालीसहित १२ मिटरको सडक निर्माण भएको बताए ।

मेचीपुलदेखि राजगढको जनता बजारसम्मको २० किमी सडकको ठेक्का आशिष याक्थुमहाङ जेभी र जनता बजारदेखि रतुवा खोलासम्मको करिब २८ किलोमिटर पिएस गजुरमुखी मोतिदान जेभीले लिएका थिए । पूर्वमेचीदेखि पश्चिम महाकालीको दोधारा–चाँदनी पुलसम्म एक हजार छ सय मिटरको हुलाकी बाटो निर्माणपछि तराई–मधेसका सर्वसाधारणको जीवनस्तर उकास्न मद्दत बताइन्छ ।

त्यसैगरी हुलाकी सडकअन्तर्गतकै चारआली केचनासम्मको सडकको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । करिब ४० किमी सडकमध्ये ३९ किमी सडकको निर्माण सकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा शेरधन राई
नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा शेरधन राई
अनेरास्ववियुकाे २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा
अनेरास्ववियुकाे २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा
नवनिर्वाचित वडा सदस्य सुतेकै अवस्थामा मृत फेला
नवनिर्वाचित वडा सदस्य सुतेकै अवस्थामा मृत फेला
भरतपुर–१९ को मतगणना जारी, यस्तो आयो भरतपुरको पछिल्लो ताजा मतपरिणाम
भरतपुर–१९ को मतगणना जारी, यस्तो आयो भरतपुरको पछिल्लो ताजा मतपरिणाम
जनार्दन शर्मालाई कारवाही गर्ने माओवादीको तयारी
जनार्दन शर्मालाई कारवाही गर्ने माओवादीको तयारी
गोली लागेको दुई महिनापछि स्लोभाक प्रधानमन्त्री काममा फिर्ता
गोली लागेको दुई महिनापछि स्लोभाक प्रधानमन्त्री काममा फिर्ता
काठमाडौ क्षेत्र न १ मा एमालेका किरण पौडेल बलियो उम्मेवार, प्रकाशमानले के गर्लान ?
काठमाडौ क्षेत्र न १ मा एमालेका किरण पौडेल बलियो उम्मेवार, प्रकाशमानले के गर्लान ?
सांसद एवं नेकपाका नेता राजिव पहारीले गरे श्रीयाकाे परिवारलाइ आर्थिक सहयोग
सांसद एवं नेकपाका नेता राजिव पहारीले गरे श्रीयाकाे परिवारलाइ आर्थिक सहयोग
आयातीत दिवस ‘भ्यालेन्टाइन डे’
आयातीत दिवस ‘भ्यालेन्टाइन डे’
दुर्घटनामा निधन भएकाहरुको शव काठमाडौँ ल्याउदै सेनाको हेलिकप्टर
दुर्घटनामा निधन भएकाहरुको शव काठमाडौँ ल्याउदै सेनाको हेलिकप्टर

तपाईंले छुटाउनुभयो कि?