कपिलवस्तु र अर्घाखाँचीको ताजा मत पारीणाम

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १८, २०७४
|
|
४४ पटक हेरिएको
Shares
कपिलवस्तु र  अर्घाखाँचीको ताजा मत पारीणाम

सारांश

  • राजपाका स्वतन्त्र उम्मेदवारलाई १२० मतले हराउँदै कपिलवस्तु यशोधरामा कांग्रेस विजयी कपिलवस्तुृको यशोधरा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ ।
  •  अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार गिरिजेश कुमार पाण्डेयले ३ हजार २ सय ७५ मत प्राप्त गरी विजयी हुनुभयो ।
  • उहाँका निकटम प्रतिद्वन्द्वी राजपा नेता स्वतन्त्र उम्मेदवार रामदेव कलवारले ३ हजार १ सय ५५ मत प्राप्त गर्नुभयो ।
राजपाका स्वतन्त्र उम्मेदवारलाई १२० मतले हराउँदै कपिलवस्तु यशोधरामा कांग्रेस विजयी
कपिलवस्तुृको यशोधरा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ ।  अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार गिरिजेश कुमार पाण्डेयले ३ हजार २ सय ७५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी राजपा नेता स्वतन्त्र उम्मेदवार रामदेव कलवारले ३ हजार १ सय ५५ मत प्राप्त गर्नुभयो ।
यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी कन्यावती उपाध्यायले २ हजार ९ सय ५७ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी राजमति यादवले १ हजार ७ सय ९ मत प्राप्त गरेको मतगणनामा संलग्न प्रशासकीय अधिकृत पुनाराम पौडेलले जानकारी दिनुभयो ।
अर्घाखाँचीको मालारानी गाउँपालिकामा एमाले विजयी

अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका बालकृष्ण आचार्य ६ हजार ५ सय ३ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पदम क्षेत्रीले ५ हजार ५ सय ४ मत पाउनुभयो ।

उपाध्यक्षमा एमालेकी प्रमिला क्षेत्री ६ हजार ५ सय २२ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी शान्ता खनालले ५ हजार २ सय १० मत ल्याउनुभयो । अर्घाखाँचीका ६ मध्ये २ वटा स्थानीय तहको मत परिणाम आउन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ किलाे सुन प्रकरण: पक्राउ परेका एसएसपी खत्रीले प्रधानमन्त्री ओलीलाई सम्झीय पछि..
गाउँपालिका, नगरपालिकामा देखियो यस्तो अनियमितता
उपत्यकामा पछिल्लो २४ घण्टामा ५७२ जना कोरोना संक्रमित थपिए
उपत्यकामा पछिल्लो २४ घण्टामा ५७२ जना कोरोना संक्रमित थपिए
वैदेशिक रोजगार विभागकै महानिर्देशक ठगकाे संरक्षण गर्दै
वैदेशिक रोजगार विभागकै महानिर्देशक ठगकाे संरक्षण गर्दै
चुनावले बढायो सुरक्षा चुनौतीः उम्मेदवारलाई अंगरक्षक, उत्तरी गोरखामा हेलिकोप्टर गस्ती
चुनावले बढायो सुरक्षा चुनौतीः उम्मेदवारलाई अंगरक्षक, उत्तरी गोरखामा हेलिकोप्टर गस्ती
सर्लाहीको बरहथवा नगरपालिका १२ नम्बर वडाको मतगणना फेरि हुने
सर्लाहीको बरहथवा नगरपालिका १२ नम्बर वडाको मतगणना फेरि हुने
ज्याला गरेर नातिनी पढाउँदै चेपाङ हजुरआमाहरु
ज्याला गरेर नातिनी पढाउँदै चेपाङ हजुरआमाहरु
आत्मविश्वासले बदलिएको सपनाको जीवन
आत्मविश्वासले बदलिएको सपनाको जीवन
त्रिकोणात्मक टि-२० सिरिज :  हङकङलाई पराजित गर्दै नेपाल फाइनलमा
त्रिकोणात्मक टि-२० सिरिज : हङकङलाई पराजित गर्दै नेपाल फाइनलमा
प्रदेश प्रमुख नियुक्त भएकै दिनदेखि भविष्य अन्यौलमा
प्रदेश प्रमुख नियुक्त भएकै दिनदेखि भविष्य अन्यौलमा