पाँचथरमा कांग्रेसका आङ्देम्बे र एमालेका नेम्बाङबीच मुख्य प्रतिस्पर्धा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २५, २०७९
|
|
३१ पटक हेरिएको
Shares
पाँचथरमा कांग्रेसका आङ्देम्बे र एमालेका नेम्बाङबीच मुख्य प्रतिस्पर्धा

सारांश

  • पाँचथर ।
  • एकमात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा प्रतिनिधिसभा सदस्य पदमा १५ जना चुनावी मैदानमा रहे पनि मुख्यतः वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे र नेकपा (एमाले)का तर्फबाट पूर्वमन्त्री वसन्तकुमार नेम्बाङबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।
  • यी दुई नेताबीच दोस्रोपटक हुन लागेको प्रतिस्पर्धामा नयाँ मतदाता, दलहरूमा असन्तुष्ट समूह निर्णायक बन्ने आकलन गरिएको छ ।

पाँचथर । एकमात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा प्रतिनिधिसभा सदस्य पदमा १५ जना चुनावी मैदानमा रहे पनि मुख्यतः वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे र नेकपा (एमाले)का तर्फबाट पूर्वमन्त्री वसन्तकुमार नेम्बाङबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

यी दुई नेताबीच दोस्रोपटक हुन लागेको प्रतिस्पर्धामा नयाँ मतदाता, दलहरूमा असन्तुष्ट समूह निर्णायक बन्ने आकलन गरिएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा यहाँ गठबन्धनका दलको मत एमालेको भन्दा बढी छ ।

वडाध्यक्षले पाएको मतमा एमाले पहिलो पार्टी छ भने दोस्रोमा कांग्रेस र तेस्रोमा माओवादी केन्द्र छन् । साठीमध्ये आधा दर्जन वडामा अन्य दलका उम्मेदवारलाई समर्थन गरेको एमालेले बाँकी वडाबाट वडाध्यक्षमा कुल ३० हजार नौ सय ५८ मत पाएको छ ।

यस्तै नेपाली कांग्रेसले २५ हजार ६५, नेकपा (माओवादी केन्द्र)ले ११ हजार आठ सय आठ र नेकपा एकीकृत समाजवादीले दुई हजार एक सय ६१ मत पाएका छन् ।

पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका प्रेमराज लावती, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमलबहादुर चेम्जोङ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जसबहादुर योङहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका दलप्रसाद लिङ्देन, नेपाल कम्युनिष्ट पार्टी (माले)का दीननाथ घिमिरे, राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्रप्रसाद कुरुम्बाङ, जनसमाजवादी पार्टीका भीमबहादुर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका मदनकुमार पोखरेल र मङ्गोल नेसनल अर्गनाइजेशनका रामकुमार तुम्रोकसमेत प्रतिस्पर्धामा हुनुहुन्छ भने स्वतन्त्र उम्मेदवार मिक्लाजुङ–२ का दलबहादुर आङदेम्बे, फिदिम–१२ का बालकृष्ण काफ्ले, हिलिहाङ–३ का लाखबहादुर पालुङ्वा र मिक्लाजुङ–८ का बिस्टन लावतीसमेत चुनावी मैदानमा छन् ।

उम्मेदवारले विकास निर्माण, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनजस्ता विषयलाई चुनावी एजेण्डा बनाएका छन् । कतिपय पहिचान पक्षधर उम्मेदवारले पहिचानका विषयमा समेत चुनावी एजेण्डा बनाएका छन् ।

पाँचथर प्रदेशसभा क्षेत्र नं १ मा १० जना प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा एमालेबाट जिल्ला अध्यक्ष राजकुमार भण्डारी तथा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष कमलप्रसाद जबेगुबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

यहाँ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सागर केरुङ, जनता समाजवादी पार्टीका मचिन्द्रप्रसाद बेघा, राप्रपाका ओमनाथ बजगाईँ, राष्ट्रिय जनमुक्ति पार्टीका दुर्गाप्रसाद साँवा लिम्बू, राप्रपा नेपालका नेत्रकुमार बस्नेत र मङ्गोल नेशनल अर्गनाइजेशनका मनकुमार गुरुङ प्रतिस्पर्धामा रहेका छन् ।

यस क्षेत्रबाट फालेलुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष सञ्चकुमार केरुङ स्वतन्त्र उम्मदवारी दिई चुनावी मैदानमा छन्। यस क्षेत्रमा जिल्लाको याङवरक, हिलिहाङ र फालेलुङ गाउँपालिका तथा फिदिम नगरपालिकाका ११ वटा वडा पर्दछन् ।

पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा आठ जनाको उम्मेदवारी छ । यस क्षेत्रमा एमालेका अइन्द्रसुन्दर नेम्वाङ र गठबन्धनबाट माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

यस क्षेत्रबाट जनता समाजवादी पार्टीका एबिराज आङदेम्बे, राप्रपाका प्रवक्ता सगुनसुन्दर लावती, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपेन्द्र चेम्जोङ (लाबाहाङ), राप्रपा नेपालका चन्द्रमाया बोहोरा, राष्ट्रिय जनमुक्ति पार्टीका सूर्यहाङ तुम्बापो र मङ्गोल नेशनल अर्गनाइजेशनका बलबहादुर बुर्जामगर समेत चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यस क्षेत्रमा फाल्गुनन्द, कुम्मायक, तुम्बेवा र मिक्लाजुङ गाउँपालिका तथा फिदिम नगरपालिकाका तीनवटा वडा पर्दछन् ।

आगामी निर्वाचनका लागि जिल्लामा कुल एक लाख ३८ हजार नौ सय ३२ जना मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी कुमारप्रसाद भट्टराईले जानकारी दिए ।

मतदातामध्ये पुरुष ७३ हजार तीन सय ६६ र महिला ६५ हजार पाँच सय ६६ रहेका छन् । एक सय दुईवटा मतदान केन्द्र र एक सय ७७ वटा मतदानस्थल रहेको भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Binance账户创建

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

    Comment Author

    binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?