कांग्रेसले चुनाव हारे लोकतन्त्र कमजोर हुन्छः नेत्री सुजाता कोइराला..

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ११, २०७४
|
|
४६ पटक हेरिएको
Shares
कांग्रेसले चुनाव हारे लोकतन्त्र कमजोर हुन्छः नेत्री सुजाता कोइराला..

सारांश

  • ११ असार, विराटनगर ।
  • नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले स्थानीय तह निर्वाचनमा  कांग्रेस पराजित भए लोकतन्त्र कमजोर हुने बताएकी छन् ।
  • विराटनगरस्थित आफ्नै निवासमा आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालले शान्ति, सम्बृद्धि, लोकतन्त्र र प्रजातन्त्रको विकासका लागि कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नै  पर्ने बताइन् ।

११ असार, विराटनगर । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले स्थानीय तह निर्वाचनमा  कांग्रेस पराजित भए लोकतन्त्र कमजोर हुने बताएकी छन् ।

विराटनगरस्थित आफ्नै निवासमा आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालले शान्ति, सम्बृद्धि, लोकतन्त्र र प्रजातन्त्रको विकासका लागि कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नै  पर्ने बताइन् । उनले भनिन्, ‘कांग्रेसले निर्वाचन हारे लोकतन्त्र कमजोर हुन्छ, संविधान कार्यान्वयन हुन सक्दैन ।’
उनले स्थानीय निकाय पाँच वर्षका लागि स्थायी रुपको सरकार भएकाले कसैले हल्लाउन नसक्ने भन्दै स्थानीय तहको विकासका लागि नेपाली कांग्रेसका प्रतिनिधीलाई जिताउन कार्यकर्तालाई निर्देशन दिइन् ।नेत्री कोइरालाले संविधानको कार्यान्वयन र लोकतन्त्रको सुढृढीकरणका लागि भए पनि कांग्रेस एकढिक्का भएर निर्वाचनमा लाग्नुपर्ने बताइन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेकी नेत्री कोइरालाले तीन तहकै निर्वाचन कांग्रेसको नेतृत्वमा हुने हुँदा अरु निर्वाचनलाई पनि स्थानीय तहको निर्वाचनले असर गर्ने भएकाले स्थानीय तहमा कांग्रेसलाई जिताउनुपर्ने बताइन,

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?