अजय देवगनका पिता तथा चर्चित द्वन्द्व निर्देशक वीरु देवगनको निधन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १४, २०७६
|
|
१७ पटक हेरिएको
Shares
अजय देवगनका पिता तथा चर्चित द्वन्द्व निर्देशक वीरु देवगनको निधन

सारांश

  • मुम्बइ।
  • अजय देवगनका पिता तथा चर्चित द्वन्द्व निर्देशक वीरु देवगनको निधन भएको ।
  • विगत केही समयदेखि बिरामी रहेका वीरुलाई सान्ताक्रुजको सूर्या अस्पतालमा भर्ना गरिएको थियो ।

मुम्बइ। अजय देवगनका पिता तथा चर्चित द्वन्द्व निर्देशक वीरु देवगनको निधन भएको । विगत केही समयदेखि बिरामी रहेका वीरुलाई सान्ताक्रुजको सूर्या अस्पतालमा भर्ना गरिएको थियो । जहाँ सोमबार उनलाई कार्डिएक एरेस्ट भएको थियो । उनको अन्तिम संस्कार आज साँझ ६ बजे भिले पार्लेस्थित श्मशान भूमिमा गरिनेछ । वीरु बलिउडका सबैभन्दा पुराना द्वन्द्व निर्देशक तथा स्टन्टम्यानमध्येका थिए ।

वीरुले सत्ते पे सत्ता, स्वर्ग से सुन्दर, दस नम्बरी, मिस्टर नटवरलाल, क्रान्ति, राम तेरी गंगा मैली, आखिरी रास्ता, मिस्टर इण्डिया, फूल और कांटे । इश्क जस्ता ८० भन्दा बढी फिल्ममा द्वन्द्व निर्देशन गरेका थिए । १९९९ मा उनले निर्माता निर्देशकको रुपमा हिन्दुस्तान की कसम बाएका थिए । वीरुको परिवारमा पत्नी वीणा, दुई छोराहरु अजय (अभिनेता), र अनिल देवगन (निर्देशक) र एक छोरी छिन् । छोरीको बिहे भइसकेको छ । अनिल देवगन अविवाहित छन् । अजयको बिहे काजोलसँग भएको हो । उनीहरुका एक छोरी न्यासा र एक छोरा युग छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ : प्रधानमन्त्री
राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ : प्रधानमन्त्री
उपनिर्वाचन : तनहुँका १६ केन्द्र महिलाको जिम्मा
उपनिर्वाचन : तनहुँका १६ केन्द्र महिलाको जिम्मा
चिनियाँ नेता ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता
चिनियाँ नेता ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता
सेक्स को मामिला मा पुरुषभन्दा महीला अगाडि
सेक्स को मामिला मा पुरुषभन्दा महीला अगाडि
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
बिहानैदेखि देशका अधिकांश भू-भागमा वर्षा, अझै केही दिन झरीको सम्भावना
बिहानैदेखि देशका अधिकांश भू-भागमा वर्षा, अझै केही दिन झरीको सम्भावना
चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै,भ्रमण आर्थिक विकासमा केन्द्रित
चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै,भ्रमण आर्थिक विकासमा केन्द्रित
नख्खु बम बिस्फोटका घाईतेहरुको मेडिसिटीमा उपचार हुँदै
नख्खु बम बिस्फोटका घाईतेहरुको मेडिसिटीमा उपचार हुँदै
पुस १९ गते आइतवारको राशिफल यस्तो छ
पुस १९ गते आइतवारको राशिफल यस्तो छ
‘गोपी’ ट्रेलर :- “मलाई नी मोई खाने मन छ”, “दाँत माझेर आउँ त” ?
‘गोपी’ ट्रेलर :- “मलाई नी मोई खाने मन छ”, “दाँत माझेर आउँ त” ?

तपाईंले छुटाउनुभयो कि?