काठमाण्डौभित्र यी ४ वटा रुटमा केबलकार बन्ने !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १०, २०७५
|
|
४० पटक हेरिएको
Shares
काठमाण्डौभित्र यी ४ वटा रुटमा केबलकार बन्ने !

सारांश

  • काठमाण्डौ, १० जेठ ।
  •   काठमाडौं उपत्यकामा यात्रु सेवाका लागि केबलबार सञ्चालन गर्ने तयारी भएको छ ।
  • सरकारले केबलकार संचालनका लागि गृहकार्य थालेको हो ।

काठमाण्डौ, १० जेठ ।  काठमाडौं उपत्यकामा यात्रु सेवाका लागि केबलबार सञ्चालन गर्ने तयारी भएको छ । सरकारले केबलकार संचालनका लागि गृहकार्य थालेको हो ।

निजी क्षेत्रलाई जिम्मा दिने गरी सरकारले केबलकार सञ्चालनको तयारी थालेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । ४ वटा रुटमा केबलकार सञ्चालन गर्न छलफल सुरु भएको छ ।  भर्खरै सकिएको विस्तृत सम्भाब्यता अध्ययनले १५ अर्ब लगानी गर्दा काठमाडौं उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने देखाएको हो ।

प्रतिवेदनमा कालिमाटीबाट बसन्तपुर–रत्नपार्क–डिल्लीबजार–भन्डारखाल–चाबहिल हुँदै बौद्धनाथ पुग्न पहिलो केबलबार रुट प्रस्ताव गरिएको छ ।  यो ७ किलोमिटरको रुटमा ७ वटा स्टेशन राख्नुपर्ने उल्लेख छ ।  यसलाई तत्कालै पाइलट प्रोजेक्टका रुपमा अघि बढाउने योजना छ ।

गोंगबुबाट बालाजु–सोह्रखुट्टे–कालिमाटी–बल्खु–त्रिभुवन विश्वविद्यालयसम्म पनि चलाउन सकिने भन्दै प्रस्ताव गरिएको छ । यस्तै कलंकीबाट टेकु–थापाथली हुँदै रत्नपार्कसम्म पनि केबलकार चलाउन सकिने अध्ययनले ठहर गरेको छ । लगनखेलबाट, पुल्चोक,थापाथली, रत्नपार्क सम्मको रुटमा पनि केबलबार चलाउन सकिने प्रतिवेदनमा उल्लेख छ । यो प्रतिवेदनमा एउटा स्टेशनबाट केबलकार चढेपनि जुन ठाउँमा ओर्लिए पनि ४० रुपैयाँ भाडा लिने उल्लेख छ ।

मेट्रो तथा मोनो रेल चलाउन सम्भाब्यता अध्ययन अघि बढाउँदै गर्दा यही प्रतिवेदनलाई आधार बनाएर केबलकार सञ्चालनबारे पनि सरकारी स्तरमा छलफल सुरु भएको हो । सडकमा सवारी चाप घटाउन केबलकारको प्रयोग महत्वपूर्ण र वैज्ञानिक हुने ठहर प्रतिवेदनमा गरिएको छ ।

फ्रान्स सरकारको सहयोगमा तयार भएको सम्भाव्यता अध्ययन प्रतिवेदन फान्सेली कम्पनीहरु एमडिपी, पोमा र स्याष्ट्रासहित पञ्चकन्या समूह र कालिका कन्सट्रक्सनले पाँच वर्ष लगाएर तयार गरेका हुन् । फ्रान्सेली कम्पनीहरु केबलकार निर्माण, व्यवस्थापन र सञ्चालनका मामिलामा अनुभवी हुन् ।

केबलकार निर्माणका लागि स्टेशनहरु बनाउन सरकारले जग्गा उपलब्ध गराउनुपर्ने सुझाव प्रतिवेदनमा छ ।

(https://www.vidaliaonion.org/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Pakdar Ko Ma

    Kaele

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टीभीएस अपाचे सप्तरङ्ग सिरिज २ असोज २१ देखि
टीभीएस अपाचे सप्तरङ्ग सिरिज २ असोज २१ देखि
निर्मला हत्या प्रकरण : पक्राउ परेका युवालाई चुरोट तान्न दिँदै बयान लिन थालियो
निर्मला हत्या प्रकरण : पक्राउ परेका युवालाई चुरोट तान्न दिँदै बयान लिन थालियो
माओवादीमा अन्तरविरोध, मन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी
माओवादीमा अन्तरविरोध, मन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी
दुई नम्बर प्रदेश सरकारले कुटनीतिक मर्यादा बिर्सियो छानवीन गर्न माग
दुई नम्बर प्रदेश सरकारले कुटनीतिक मर्यादा बिर्सियो छानवीन गर्न माग
पाटेबाघलाई नियन्त्रणमा लिइयो
पाटेबाघलाई नियन्त्रणमा लिइयो
प्रशसंकले ’एभेन्जर्स’का सुपरहिरोसँग तुलना गरेपछि रसेलको यस्तो प्रतिक्रिया
प्रशसंकले ’एभेन्जर्स’का सुपरहिरोसँग तुलना गरेपछि रसेलको यस्तो प्रतिक्रिया
दरबारमार्गको जागरण सभामा प्रधानमन्त्री ओलीले भनेका यी ८ कुरा
दरबारमार्गको जागरण सभामा प्रधानमन्त्री ओलीले भनेका यी ८ कुरा
सभामुखमा माओवादी केन्द्रका वरिष्ठ नेता महराको उम्मेदवारी दर्ता
सभामुखमा माओवादी केन्द्रका वरिष्ठ नेता महराको उम्मेदवारी दर्ता
कहाँ पुग्याे चिन तर्फका ४ अटा नाका खाेल्ने काम ?
कहाँ पुग्याे चिन तर्फका ४ अटा नाका खाेल्ने काम ?
आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ, अन्य देशको कतिमा हुँदैछ कारोबार ?
आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ, अन्य देशको कतिमा हुँदैछ कारोबार ?

तपाईंले छुटाउनुभयो कि?