काम नगर्न निर्वाचित जनप्रतिनिधिलाई अदालतको आदेश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १९, २०७४
|
|
२५ पटक हेरिएको
Shares
काम नगर्न निर्वाचित जनप्रतिनिधिलाई अदालतको आदेश

सारांश

  • गाईघाट (उदयपुर), १९ साउन ।
  • उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ४ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अर्को आदेश वा निर्णय नभएसम्म कुनै काम नगर्न उच्च अदालत ओखलढुंगाले अन्तरिम आदेश जारी गरेको छ ।
  • बुधबार उच्च उदालत ओखलढुंगाका न्यायाधीशहरु टेकराज नेपाल र दीपेन्द्रबहादुर वमको संयुक्त इजलासले सो अन्तरिम आदेश दिएको उच्च अदालत ओखलढुंगाले जनाएको छ ।

गाईघाट (उदयपुर), १९ साउन । उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ४ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अर्को आदेश वा निर्णय नभएसम्म कुनै काम नगर्न उच्च अदालत ओखलढुंगाले अन्तरिम आदेश जारी गरेको छ ।

बुधबार उच्च उदालत ओखलढुंगाका न्यायाधीशहरु टेकराज नेपाल र दीपेन्द्रबहादुर वमको संयुक्त इजलासले सो अन्तरिम आदेश दिएको उच्च अदालत ओखलढुंगाले जनाएको छ ।

असार १४ गते सम्पन्न भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको समयमा बेलका नगरपालिकाको वडा नं ४ मा मतगणना गर्दा मत खसेको मतदाताको संख्याभन्दा चार मत बढी देखिएपछि सो विषयमा विवाद भएको थियो ।

नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका मनोज तामाङसहितका अन्य सदस्यले सो कुरा मान्य नहुने भन्दै पुनः मतदान गर्नु पर्ने वा पुनः मतगणना गर्नु पर्ने माग राखेको तामाङ पक्षले बताएका छन् ।

यता मतदान अधिकृतले भने एकपक्षीयरुपमा मतगणना सम्पन्न गरेर निर्वाचन मण्डलले एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका दीपक दंगालसहितका अन्य चारजना सदस्यलाई विजय घोषणा गरेका थिए ।

सोही विषयलाई लिएर उच्च अदालत ओखलढुंगामा माओवादी केन्द्र र काँग्रेसका उम्मेदवारसहितका उम्मेदवारले रिट निवेदन दिएको सम्बन्धित पदाधिकारीहरु बताउँछन् ।
निवेदक पक्षहरुले बेलका नगरपालिकाका निर्वाचन अधिकृत हरिप्रसाद पोखरेल र मतदान अधिकृत श्यामनारायण पण्डितसहितका पदाधिकारीलाई विपक्षी बनाएर उच्च अदालतमा रिट दायर गरेका थिए ।

बेलका नगरपालिकामा प्रमुख र उपप्रमुखसहित बहुमत नेकपा (एमाले)का उम्मेदवारले विजय हासिल गरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?