दुईतर्फी एयर रुट दिन भारत सहमत

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २, २०७५
|
|
३१ पटक हेरिएको
Shares
दुईतर्फी एयर रुट दिन भारत सहमत

सारांश

  • काठमाडौं,२ असार ।
  • भारतले नेपाललाई जनकपुर र विरानगरबाट पनि दुईतर्फी एयर रुट दिन शनिबार नेपाल र भारत बीचको सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
  • अब अन्तर्राष्ट्रिय उडानका लागि काठामाडौं-विराटनगर र काठमाडौं-जनकपुर हवाई रुटलाई दुईतर्फी बनाइनेछ ।

काठमाडौं,२ असार । भारतले नेपाललाई जनकपुर र विरानगरबाट पनि दुईतर्फी एयर रुट दिन शनिबार नेपाल र भारत बीचको सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

अब अन्तर्राष्ट्रिय उडानका लागि काठामाडौं-विराटनगर र काठमाडौं-जनकपुर हवाई रुटलाई दुईतर्फी बनाइनेछ । नागरिक उड्ययन प्राधिकरण र एयरपोर्ट अथोरिटी अफ इन्डियाबीच नयाँ हवाई रुटसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

नेपाल भित्रिने विमानलाई सिमाराबाटै आउनुपर्ने बाध्यता हट्नेछ । अब भने अन्तर्राष्ट्रिय उडान भर्ने विमानले जनकपुर विराटनगरबाट पनि प्रवेश विन्दु प्रयोग गर्न सक्नेछन् ।

महेन्द्रनगरमा पनि कम उचाइमा उड्ने विमानले दुईतर्फी रुट प्रयोग गर्न सक्म्ने गरी समहति भएको हो । विमानलाई काठमाडौं-महेन्द्रनगर-दिल्ली रुटलाई दुईतर्फी बनाउने सहमति भएको हो ।
अब यसका लागि दुबै पक्षले सुरक्षा मूल्यांकन गरेर नयाँ हवाई रुटको प्रयोग थालिने प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले जानकारी दिए ।

गौतमवुद्ध, पोखरा र निजगढ विमानस्थलबाट बढी उचाइमा उड्ने अन्तर्राष्ट्रिय विमानका लागि पश्चिममा नेपालगञ्ज र महेन्नद्रनगरबाट प्रवेशमार्ग दिने सम्बन्धमा आउँदो सेप्टेम्बरसम्म विस्तृत प्राविधिक अध्ययन मूल्यांकन सम्पन्न गर्ने सहमति पनि भएको श्रेष्ठले बताए ।
अहिले भुटान र चीनबाहेकका मुमलुबाट आउने विमानले सिमाराकै रुटमा मात्रै प्रयोग गरिरहेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?