सरकारी कार्यालयमा विस्फोट गराउने दोषि ९ वर्षपछि पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २०, २०७७
|
|
२२ पटक हेरिएको
Shares
सरकारी कार्यालयमा विस्फोट गराउने दोषि ९ वर्षपछि पक्राउ

सारांश

  • सरकारी कार्यालयमा बम विस्फोट गराएर फरार दोषिलाई जिल्ला प्रहरी कार्यालय बाँकेले ९ वर्षपछि पक्राउ गरेको छ ।
  • मालपोत, भूमि सुधारलगायत कार्यालयमा बम विस्फोट गराएको अभियोगमा अदालतले जरिवाना र कैद सुनाएका डुडुवाका केशव राढलाई आज पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।
  • उनका अनुसार २०६८ मङ्सिर १४ गते भूमिसुधार र मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा जिल्ला अदालतले २०७२ साल माघ १८ गते छ (छ महिना कैद र पाँच(पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।

सरकारी कार्यालयमा बम विस्फोट गराएर फरार दोषिलाई जिल्ला प्रहरी कार्यालय बाँकेले ९ वर्षपछि पक्राउ गरेको छ । मालपोत, भूमि सुधारलगायत कार्यालयमा बम विस्फोट गराएको अभियोगमा अदालतले जरिवाना र कैद सुनाएका डुडुवाका केशव राढलाई आज पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार २०६८ मङ्सिर १४ गते भूमिसुधार र मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा जिल्ला अदालतले २०७२ साल माघ १८ गते छ (छ महिना कैद र पाँच(पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।

सरकारी कार्यालयबाहेक अन्य विस्फोटका घटनामा पनि उनलाई अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ । विसं २०६८ चैत ६ गते साबिक गनापुरस्थित प्रकाश अधिकारीको उद्योगमा बम विस्फोट गराएको घटनामा पनि अदालतले २०७२ साल माघ १८ गते छ महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।

बाँके प्रहरीले अहिले अदालतको आदेश कार्यान्वयन गराउन फरार अभियुक्तलाई खोजतलास गर्ने अभियान सञ्चालन गरेको छ । सोही अभियानकै क्रममा राढलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक रानाको भनाइ छ ।(रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड र माधव नेपालले गरे कानून व्यवसायीहरुसँग परामर्श, प्रचण्ड बालुवाटारमा
प्रचण्ड र माधव नेपालले गरे कानून व्यवसायीहरुसँग परामर्श, प्रचण्ड बालुवाटारमा
इन्डोनेसियामा फेरि दुई ठूला भूकम्प
भारतीय प्रधानमन्त्री मोदीले मजदूरको खुट्टा मिचिमिची धोइदिएपछि…
भारतीय प्रधानमन्त्री मोदीले मजदूरको खुट्टा मिचिमिची धोइदिएपछि…
चाडपर्वमा पर्याप्त सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री थापाको निर्देशन
तत्कालीन अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन आज सभामुखलाई प्रतिवेदन बुझाउने तयारी
तत्कालीन अर्थमन्त्री शर्मामाथिको छानबिन प्रतिवेदन आज सभामुखलाई प्रतिवेदन बुझाउने तयारी
एन्फा महासचिव राईसहित तीन सदस्यीय टोली साफको कंग्रेसमा सहभागी हुने
एन्फा महासचिव राईसहित तीन सदस्यीय टोली साफको कंग्रेसमा सहभागी हुने
फागुनदेखि नारायणीमा सरर पानी जहाज : अनलाइन बुकिङ खुला हुँदै
फागुनदेखि नारायणीमा सरर पानी जहाज : अनलाइन बुकिङ खुला हुँदै
सभामुख पद रिक्त हुँदा पाँच वटा विधेयक प्रमाणिकरण हुन सकेनन्
सभामुख पद रिक्त हुँदा पाँच वटा विधेयक प्रमाणिकरण हुन सकेनन्
नेपालकाे १०० रन पुरा !
नेपालकाे १०० रन पुरा !
नेपालले तेस्रो मुलुकबाट गर्ने आयातमा लगाएको सेवा शुल्क हटाउने भारतको घोषणा
नेपालले तेस्रो मुलुकबाट गर्ने आयातमा लगाएको सेवा शुल्क हटाउने भारतको घोषणा

तपाईंले छुटाउनुभयो कि?