के होला आज भरतपुर फैसला ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २, २०७४
|
|
२१ पटक हेरिएको
Shares
के होला आज भरतपुर फैसला ?

सारांश

  • काठमाडौं : सर्वोच्च अदालतले नयाँ नेतृत्व पाएको छ ।
  • आइतबार मात्र प्रधानन्यायाधिश पाएको सर्वोच्च अदालतले लामो समयदेखि भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को फैसला गर्न सेकेको छैन ।
  • यसअघि पटकपटक बाहना बनाएर फैसला सार्ने काम भइरहेको थियो ।

काठमाडौं : सर्वोच्च अदालतले नयाँ नेतृत्व पाएको छ । आइतबार मात्र प्रधानन्यायाधिश पाएको सर्वोच्च अदालतले लामो समयदेखि भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को फैसला गर्न सेकेको छैन ।

यसअघि पटकपटक बाहना बनाएर फैसला सार्ने काम भइरहेको थियो । विभिन्न बाहना पटकपटक इजलास सारेपनि आज तोकिएको इजलास अघि बढ्ने सबैले विश्वास गरेका छन् ।

प्रधानन्यायायधिशमा गोपाल पराजुली आएपछि लामो समयदेखि रोकिएको मुट्ठा छिट्टै छिनोफानो हुने सबैको आशा छ । भरतपुर १९ को इजलास आज दिउँशोका लागि तोकिएको छ ।

निर्वाचन आयोगले भरतपुर १९ मा पुनः मतदान गर्नुपर्ने निर्णय गरेपछि असन्तुष्ट पक्ष मतगणना सुचारु गर्नुपर्ने मागसहित सर्वोच्च आदालतमा रिट दायर गरेको थियो ।

सोही गाउँका मतदाता समेत रहनुभएका अधिवक्ता तुलसीराम पाण्डे र नेकपा एमालेको भरतपुर १९ को खुलातर्फबाट वडा सदस्यका उम्मेदवार बन्नुभएका गुञ्जमान विश्वकर्माले भरतपुरमा पुनः मतदान गराउन नहुने भन्दै रिट दायर गर्नुभएको थियो । उक्त रिटको पेशी आज तय गरिएको हो ।

भरतपुर महानगरपालिकामा रेणु दाहाल र देवी ज्ञवालीबीच रोचक प्रतिष्पर्धा छ । प्रचण्डपुत्री रेणु नेकपा माओवादी केन्द्र र कांग्रेसको साझा उम्मेदवार हुनुहुन्छ भने ज्ञवाली एमालेका तर्फबाट उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?