सुन प्रकरण : बरामद सुनको तौल ६० किलो ७१६ ग्राम कायम

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३०, २०८०
|
|
३९ पटक हेरिएको
Shares
सुन प्रकरण : बरामद सुनको तौल ६० किलो ७१६ ग्राम कायम

सारांश

  • काठमाडौँ ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छली अवैध रुपमा नेपाल भित्रिएको सुनको वास्तविक तौल ६० किलो सात सय १६ ग्राम कायम भएको छ ।
  • बरामद गरिएको सामानको सुनसहितको कूल तौल एक सय ५५ किलो चार सय ६८ ग्राम भएकोमा नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखाले ब्रेकशु, प्याकेजिङ कार्टुनलगायतबाट छुट्याएपछिको सुन तौल ६० किलो सात सय ८९ ग्राम कायम भएको थियो ।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छली अवैध रुपमा नेपाल भित्रिएको सुनको वास्तविक तौल ६० किलो सात सय १६ ग्राम कायम भएको छ ।

बरामद गरिएको सामानको सुनसहितको कूल तौल एक सय ५५ किलो चार सय ६८ ग्राम भएकोमा नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखाले ब्रेकशु, प्याकेजिङ कार्टुनलगायतबाट छुट्याएपछिको सुन तौल ६० किलो सात सय ८९ ग्राम कायम भएको थियो । तर आज उक्त सुन गाल्दा ७३ ग्राम जर्ती काटिएपछि वास्तविक तौल ६० किलोे सात सय १६ ग्राम कायम भएको महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

रेडी ट्रेडर्सका नाममा हङकङबाट आयात भएको दुईपाँग्रे सवारीको पार्टस् ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिरिँदै गर्दा राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गल क्षेत्रबाट बरामद गरेको थियो ।

“हामीले बरामद सुन आज गालिसकेपछि धेरै ठूलो जर्ती गएन । वास्तविक तौल ६० किलो सात सय १६ ग्राम कायम भएको छ”, उनले भने, “सामान्य रुपले हेर्दा राम्रो गुणस्तरकै सुनजस्तो देखिन्छ । तर वास्तविक गुणस्तर परीक्षण तीन दिनभित्र गरिसक्छौँ ।”

राष्ट्र बैंकले सुन गालिसके पनि यो प्रकरणको छानबिन प्रक्रिया भने सकिसकेको छैन । गालीसकेको सुन अब के हुन्छ भन्ने विषयमा सरकारले नै निर्णय लिने आचार्यको भनाइ छ । जुनसुकै अवैध सामग्री बरामद भएपछि त्यो स्वतः सरकारको स्वामित्वमा जान्छ र त्यस्तो सामग्री के गर्ने भन्ने विषयमा सरकारले नै निर्णय लिन्छ । सामान्यतः बरामद सुनको तौल र गुणस्तर परीक्षणपछि अन्तर्राष्ट्रिय मूल्यमा पाँच प्रतिशत थप रकम तिरेर सरकारसँग राष्ट्र बैंकले किन्ने गरेको छ ।

सुन तस्करीबारे अनुसन्धान जारी छ । सो सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्षद्वयले गल्ती महशुष गरिसक्नु भयो, अब म हो वरियतामा तेस्रोः खनाल
अध्यक्षद्वयले गल्ती महशुष गरिसक्नु भयो, अब म हो वरियतामा तेस्रोः खनाल
नेपालमा कोरोना संक्रमितको संख्या ३४४८, आज थपिए २१३
नेपालमा कोरोना संक्रमितको संख्या ३४४८, आज थपिए २१३
प्रकाश कटुवाल र गायिका सिर्जु अधिकरीको तिज गीत  बजारमा !
प्रकाश कटुवाल र गायिका सिर्जु अधिकरीको तिज गीत बजारमा !
राष्ट्रिय युवा संघ नेपालले गर्‍याे आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पदयात्रा
राष्ट्रिय युवा संघ नेपालले गर्‍याे आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पदयात्रा
चौबिस घण्टामा विश्वमा थपिए करिव ८ लाख कोरोनाका नयाँ संक्रमित, १६ सय २७ जनाकाृ मृत्यु
‘हाम्रा नीति, नियम र व्यवहार कानुनअनुसार हुनुपर्छ’: सञ्चार मन्त्री शर्मा
‘हाम्रा नीति, नियम र व्यवहार कानुनअनुसार हुनुपर्छ’: सञ्चार मन्त्री शर्मा
अधिकांश नियोगलाई एउटै बास्केटमा राखेर बजेट विनियोजन गरियो : महासेठ
अधिकांश नियोगलाई एउटै बास्केटमा राखेर बजेट विनियोजन गरियो : महासेठ
उपेन्द्र यादवले प्रधानमन्त्रीसँग सरकार छोड्नेबारे फाइनल कुरा गर्ने
उपेन्द्र यादवले प्रधानमन्त्रीसँग सरकार छोड्नेबारे फाइनल कुरा गर्ने
एसिया कप छनाेटः पारसले दिलाए नेपाललाई पहिलाे सफलता !
नेपालको युरेनियममा रुसको चासो, पुटिन नेपाल आउँदै
नेपालको युरेनियममा रुसको चासो, पुटिन नेपाल आउँदै