गभर्नरले राष्ट्र बैंकमा लुकाएको फाइल अख्तियारले भेट्टायो, अहिले प्रहरीमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ९, २०७४
|
|
२५ पटक हेरिएको
Shares
गभर्नरले राष्ट्र बैंकमा लुकाएको फाइल अख्तियारले भेट्टायो, अहिले प्रहरीमा

सारांश

  • -गभर्नरकै संरक्षणमा १४ महिनादेखि लुकाइयो फाइल -अख्तियार र सिआइबीको घेराबन्दीपछि मात्र हस्तान्तरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दबाबपछि मात्र १५१ करोडको बैंक घोटाला सार्वजनिक भएको तथ्य खुलेको छ ।
  • १४ महिनाअगाडि नै तथ्य प्रमाण पाइसकेको नेपाल राष्ट्र बैंकको नेतृत्व अन्तिम दिनसम्म पनि यो काण्ड लुकाउन प्रयासरत थियो ।
  • तीनवटा वित्तीय संस्था मिलेर असार ०७० मा एपेक्स डेभलपमेन्ट बैंक बन्नुअघि नै अनियमितताको जग बसिसकेको थियो ।

-गभर्नरकै संरक्षणमा १४ महिनादेखि लुकाइयो फाइल

-अख्तियार र सिआइबीको घेराबन्दीपछि मात्र हस्तान्तरण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दबाबपछि मात्र १५१ करोडको बैंक घोटाला सार्वजनिक भएको तथ्य खुलेको छ । १४ महिनाअगाडि नै तथ्य प्रमाण पाइसकेको नेपाल राष्ट्र बैंकको नेतृत्व अन्तिम दिनसम्म पनि यो काण्ड लुकाउन प्रयासरत थियो ।

तीनवटा वित्तीय संस्था मिलेर असार ०७० मा एपेक्स डेभलपमेन्ट बैंक बन्नुअघि नै अनियमितताको जग बसिसकेको थियो । एपेक्स बनेपछि अनियमित कर्जा २०३ करोड पुगेको थियो । तर, त्यो सब लुकाएर राष्ट्र बैंकले प्रत्यक्ष नेतृत्वमा एपेक्सलाई एनसिसीमा मिसाएको थियो । यो अनियमितताको विषयमा तत्काल छानबिन गर्दै जानकारी दिन अख्तियारले राष्ट्र बैंकलाई पत्र काटेको थियो ।

राष्ट्र बैंकको आन्तरिक छानबिनले २८ पुस ०७३ मा तयार पारेको प्रतिवेदनमा नै एपेक्समा भएको अनियमितता पुष्टि गरिसकेको थियो । प्रतिवेदनले दोषीउपर कारबाही गर्न स्पष्ट रूपमा गभर्नरसमक्ष सिफारिस गरेको थियो । तर, प्रतिवेदन आउनु ११ दिनअघि मात्र योजनाबद्ध रूपमा एपेक्सलाई एनसिसीमा मिसाइएको थियो । अख्तियारको पत्रपछि दोषीउपर कारबाही गर्नुको सट्टा राष्ट्र बैंकले अनियमितता लुकाउने कोसिस गरिरहेको थियो ।

‘अख्तियारले एक वर्षअगाडि नै राष्ट्र बैंकलाई पत्र लेखेको हो, छानबिन गरेर कारबाही गर्नू भनेर स्पष्ट निर्देशन थियो, तर यो विषयमा अख्तियारसँग के जानकारी छ भनेर उल्टै पत्र आएको थियो,’ अख्तियार स्रोतले भन्यो । यसबीचमा आफ्नै प्रतिवेदन लुकाउन राष्ट्र बैंकले अर्को छानबिन समिति गठन गरेको थियो । तर, त्यो छानबिन समितिले पनि एपेक्समा घोटाला भएको पुष्टि गरेको थियो ।

नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Magar Gagan

    Governor ta chorai rahechhani…

    Comment Author

    Ramesh Thapa

    हामी जस्तो मान्छेले सांझ बिहानको खान पाउनलाई जहाँ जस्तो ठाउमा यि हाथहरु चलाउछौ ।हामी जस्तो नागरिक सङ्गं साना तिना मोबाईल हुन्छन हाम्रो भुभाग डाडा काडा भएको नेपाल जहाँ तहि ईन्टरनेट हुदैन अहिले यहि ईन्टरनेटको सहयोगले कति पय फाईदा हि फाईदा भएका छन नागरिक कति खुशी भका छन । यस्तै बेक्तिहरुले हुन बिदेश बाट ल्याएको कुनै समानहरु आफ्नो देशमा भित्र्याउन नदिने किन भने त्यही कम्पनीहरु सङ्गं इनिहरुको सम्झौता भको हुन्छ

    Comment Author

    Sudarshan Lamichhaney

    D

    Comment Author

    Sudarshan Lamichhaney

    Yedi yo sattaya ho bhane dhikar chha yesta biddwan bhanauda lai des pani kati thauma matra lutidi rahichhan?

    Comment Author

    Krishna Ram Shrestha

    Yo chorlai darkhasta garnuparxa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?