यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०८०
|
|
५६ पटक हेरिएको
Shares
यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश

सारांश

  • न्यूयोर्क ।
  • अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत् आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न अदालतले आदेश दिएको छ ।
  • फैसलालगत्तै ट्रम्पद्वारा जारी विज्ञप्तिमा फैसलालाई ‘हास्यास्पद’ भन्दै अपिल गर्ने बताएका छन् ।

न्यूयोर्क । अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत् आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न अदालतले आदेश दिएको छ ।

फैसलालगत्तै ट्रम्पद्वारा जारी विज्ञप्तिमा फैसलालाई ‘हास्यास्पद’ भन्दै अपिल गर्ने बताएका छन् । तीन घण्टाभन्दा केही कम समयको सुनुवाईपछि अदालतले आफ्नो निर्णय सुनाएको हो ।

यस मुद्दामा सुरूमा अदालतमा उपस्थित भएका ट्रम्पले बीचमा मुद्दा’bout आक्रामक धारणा सार्वजनिक गरेका थिए भने पछि अन्तिम बहसको लागि अदालती सुनुवाईमा सहभागी भएका थिए । क्षतिपूर्ति र दण्डात्मक क्षतिको स्तर अदालतका क्लर्कले पढ्दा उनी अदालतभन्दा बाहिर नै थिए ।

क्यारोलले भनेका छन्, ‘यो हरेक महिलाका लागि ठूलो जित हो, जो आफूमाथि आक्रमण भएका समय उठ्नलाई हौसला हुनेछ । महिलालाई तल झार्ने कोसिस गर्ने हरेक धम्कीविरूद्धको यो ठूलो हार हो ।’

न्यायाधीशले आफ्नो गोपनीयताको रक्षा गर्न प्रोत्साहित गरेपछि नौ जना पुरुष र महिलाहरू अदालतबाट बाहिर निस्कँदा एक न्यायाधीश क्यारोललाई हेरी मुस्कुराएका देखिएको थियो । ‘के तपाईंले ध्यान दिनुभयो, यो मेरो लागि प्रष्ट छ,’ न्यायाधीश लुइस कपलानले फैसला सुनाउँदै भनेका थिए ।

ट्रम्पले क्यारोलको ’boutमा सार्वजनिक टिप्पणीमा दुर्भावनापूर्ण कार्य गरेको क्षतिपूर्तिस्वरूप ७३ लाख डलर र प्रतिष्ठामाथिको क्षतिका लागि एक करोड १० लाख ठलर र दण्डात्मक क्षतिपूर्तिको रूपमा छ करोड ५० लाख डलर जरिवाना तोकेको छ ।

युनिभर्सिटी अफ रिचमन्ड स्कुल अफ लका प्राध्यापक कार्ल टोबियासले फैसला’bout टिप्पणी गर्दै भने, ‘म यो पुरस्कारबाट आश्चर्यचकित भएको छैन ’cause सुनुवाईका क्रममा उहाँको गम्भीर दुव्र्यवहारले न्यायाधीशलाई विमुख बनाएको हुनसक्छ ।’

टोबियासले भने, ‘ट्रम्प अपीलमा विजयी हुने सम्भावना छैन, किनकि न्यायाधीशहरूले कपलानलाई ठूलो सम्मान गर्छन्, उहाँ धेरै अनुभवी संघीय न्यायविद् हुनुहुन्छ ।’

न्यूयोर्कको एउटा छुट्टै संघीय देवानी मुद्दामा क्यारोलमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा जुरीले दोषी ठहर गरेका ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्मको प्रयोग गरेर क्यारोल, सुनुवाई र न्यायाधीशमाथि आक्रमण गर्ने अपमानजनक सन्देशहरूको बाढी ल्याएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीव्र गतिमा बहुआयामिक विकास गर्नुको विकल्प छैन : प्रधानमन्त्री
तीव्र गतिमा बहुआयामिक विकास गर्नुको विकल्प छैन : प्रधानमन्त्री
दुई सातापछि प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गराउने तयारी
दुई सातापछि प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गराउने तयारी
थाइल्याण्डका सैनिक प्रमुख र रक्षामन्त्रीबीच भेटघाट
थाइल्याण्डका सैनिक प्रमुख र रक्षामन्त्रीबीच भेटघाट
नामिबियाविरुद्ध नेपाल संकटमा, ९८ रनमै पाँच विकेट गुम्यो
नामिबियाविरुद्ध नेपाल संकटमा, ९८ रनमै पाँच विकेट गुम्यो
६० मेघावाटको माथिल्लो त्रिशुली थ्री–एको उद्घाटन
६० मेघावाटको माथिल्लो त्रिशुली थ्री–एको उद्घाटन
कुकुर कुट्दा दुई युवा पुगे प्रहरी खोरमा
कुकुर कुट्दा दुई युवा पुगे प्रहरी खोरमा
मालिकामा यस्तो देखिइन् कर्णालीकी छोरी कमला (भिडियोसहित)
मालिकामा यस्तो देखिइन् कर्णालीकी छोरी कमला (भिडियोसहित)
टी-२० विश्वकपमा आज सुपर आठका दुई खेल हुँदै
टी-२० विश्वकपमा आज सुपर आठका दुई खेल हुँदै
प्रहरीमा ३० वर्षे सेवा अवधि हट्ने, विधेयक मन्त्रिपरिषद्‍मा
प्रहरीमा ३० वर्षे सेवा अवधि हट्ने, विधेयक मन्त्रिपरिषद्‍मा
मूल्यवृद्धि बाध्यता हो, आयल निगमलाई अझै पनि पेट्रोलमा १४, डिजेलमा २६, एलपी ग्यासमा ८८० रुपैयाँ घाटा छः कार्यकारी निर्देशक
मूल्यवृद्धि बाध्यता हो, आयल निगमलाई अझै पनि पेट्रोलमा १४, डिजेलमा २६, एलपी ग्यासमा ८८० रुपैयाँ घाटा छः कार्यकारी निर्देशक