धनगढी प्रिमियर लिग माघमा, रुस्लानसँग प्रायाेजन सम्झाैता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
धनगढी प्रिमियर लिग माघमा, रुस्लानसँग प्रायाेजन सम्झाैता

सारांश

  • काठमाडाैँ, ३० कात्तिक ।
  • धनगढी प्रिमियर लिग(डीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण अागामी माघ १९ गतेदेखि फागुन ४ गतेसम्म धनगढीमा हुने भएको छ।
  • अायोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले  शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच प्रतियोगिता घोषणा तथा मुख्य प्रायोजन सम्झौता कार्यक्रम गरेको हो।

काठमाडाैँ, ३० कात्तिक । धनगढी प्रिमियर लिग(डीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण अागामी माघ १९ गतेदेखि फागुन ४ गतेसम्म धनगढीमा हुने भएको छ। अायोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले  शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच प्रतियोगिता घोषणा तथा मुख्य प्रायोजन सम्झौता कार्यक्रम गरेको हो। अनुमानित लागत ५ करोड रुपैयाँ रहेको प्रतियोगितामा देशभरका ६ वटा फ्रेन्चाइजी टोलीको सहभागिता रहनेछ।

डीसिएका अध्यक्ष सुवाश शाहीका अनुसार डीपीएलको दोस्रो संस्करणमा सहभागी टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स टोलीलार्इ प्राथमिकता दिइनेछ। तर, टोलीको घोषणा भने छिट्टै गरिने उनले बताए। डीपीएलका प्रत्येक टिममा १५—१५ खेलाडी हुनेछन्। त्यसमा दुई बिदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमका एक खेलाडी प्रत्येक टिममा अनिवार्य समावेश गर्नुपर्ने प्रावधानलाई निरन्तरता दिइएको छ।

प्रतियोगितामा  कुल १९ खेल हुनेछन्। प्रतियोगिता टी–२० को आधारमा हुनेछ। लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्ने छन्। शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?